arrow

सनराइज बैङ्क लिमिटेडका ग्राहकलाई ग्रिन भ्याली रिर्सोट शिवपुरीमा छुट

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
green-valley-resort.jpg

काठमाडौँ। सनराइज बैङ्कले आफ्ना ग्राहकहरूको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ। त्यसै क्रममा बैङ्कले होटेल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले डाँडाडाँड शिवपुरी स्थित ग्रिन भ्याली रिर्सोटसंग सम्झौता गरेको छ। सनराइज बैङ्क लिमिटेड तथा ग्रिन भ्याली रिर्सोटबीच बैङ्कका ग्राहकहरूलार्ई विशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता पश्चात् बैङ्कका ग्राहकहरूले ग्रिन भ्याली रिर्सोटसंग खाना र बेबरेज सुविधामा सनराइज बैङ्कको क्रेडिट काड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन्।

बैङ्कले “स्मार्ट बनौँ, डिजिटल बैंकिङ्ग गरौँ” अभियान अनुरूप आफ्ना ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरूको अपेक्षाअनुरूप नबिनतम्  सेवा सुविधाहरू थप गर्दै जाने बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ