arrow

सनराइज बैङ्कको शाखारहित बैंकिङ्ग सेवा कल्यानपुर भेडियामा

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
sunrise-bank-siraha.jpg

काठमाडौँ। सनराइज बैङ्क लिमिटेडले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका ७, भेडियामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसंगै बैङ्कको शाखारहित बैंकिङ्ग सेवा सङ्ख्या ६९ पुगेको छ। बैङ्कले कल्यानपुर नगरपालिका ७ भेडियामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रूपमा दीपेन्द्र शाहलार्ई नियुक्त गरेको बैङ्कले जनाएको छ।

बुधवार माघ २१मा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला समन्वय समिति सिराहाका अध्यक्ष राम चन्द्र ठाकुर, वडा नं.७ का अध्यक्ष राम कुमार श्रेष्ठ र बैङ्कका प्रदेश नं २ का प्रमुख रोहित कुमार महाशेठको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा सनराइज बैङ्कका मिरचैंया शाखाका शाखा प्रबन्धक र अन्य बैङ्कका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैङ्कले जनाएको छ। यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरू लिन सकिने जनाएको छ। कृषि र रेमिटेन्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरूमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको  बैङ्कले जनाएको छ।

हालसम्म सनराइज बैङ्कले १३९ वटा शाखा, ६९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउन्टर र १५५ वटा एटिएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।

साथै बैङ्कले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि बैङ्किङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ