arrow

खोपेगल्ली तरकारी बजारमा सनराइज बैङ्कको क्युआर कोड सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ११ शनिबार
sunrise-bank-logo.jpg

हेटौँडा। वाग्मती प्रदेशको राजधानी हेटौँडामा सनराइज बैङ्क लिमिटेड हेटौँडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। वाग्मती प्रदेश राजधानी हेटौँडा बजारमा रहेको खोपेगल्ली तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो। क्युआर सेवा १० वटा तरकारी पसलमा सुरुआत गरिएको छ। यसको विस्तार खोपेगल्ली हुँदै हेटौँडा–१० स्थित सब्जीमन्डीमा पनि गरिने जनाइएको छ।

सो बैङ्कले नगद कारोबारको विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्युआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै आइरहेको शाखा प्रबन्धक सुदर्शन खतिवडाले जानकारी दिए। यस क्युआर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने-चोरी हुने सम्भावना नरहने, आफ्नो बैङ्क खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाइदा रहेको उनको दाबी छ।

कोरोना महामारीको अवस्थामा यस्तो सेवा झन् प्रभावकारी रहने उपभोक्ताले प्रतिक्रिया दिएका छन्। हेटौँडा बजारलाई डिजिटल प्रणालीमा लैजान क्युआर सेवा राम्रो रहने हुँदा सबै व्यवसाय क्षेत्रमा यसको विस्तार गर्न आग्रह गरिएको छ।

पहिलो चरणको कोरोना कहरमा खोपेगल्ली दुवै सडक सञ्जालमा सिल गरेको अवस्था थियो। त्यस्तो अवस्था नआउनका लागि सुरक्षित रहन डिजिटल बैङ्किङ सेवा लिन र दिन सबैलाई अनुरोध गरिएको छ।

यस प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैङ्क विश्वस्त रहेको छ र डिजिटल भुक्तानीमा विश्वसनीयता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्न बैङ्कले डिजिटल कारोबारसम्बन्धी सचेतना कार्यक्रमसमेत गर्दै आइरहेको प्रबन्धक खतिवडाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ