arrow

सनराइज बैङ्कको नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणा नियुक्त

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
arati-rana-sunrise-bank.jpg

काठमाडौँ। सनराइज बैङ्कले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ। सञ्चालक समितिको माघ २६, सोमबार बसेको बैठकको निर्णय अनुसार आरती राज्यलक्ष्मी राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएकी हुन्। विगत १९ वर्ष देखि बैङ्किङ क्षेत्रमा कार्यरत रहेकी राणा २०७६ कात्तिकमा सनराइज बैङ्कको नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेकी थिइन्।

एसआइबिएम भारतको पुनेबाट एमबिए गरेकी राणाले सन् २००२ मा एभरेस्ट बैङ्कको म्यानेजमेन्ट ट्रेनीका रूपमा आफ्नो बैंकिङ्ग करियर सुरु गरेकी हुन्। एभरेस्ट बैङ्कमा पाँच वर्ष कार्य पश्चात् ग्लोबल आइएमइ बैङ्कमा डेपुटी म्यानेजरका रूपमा प्रवेश गरेकी उनी १२ वर्ष उक्त बैङ्कमा काम गरेकी थिइन्।

राणाले बैकले आफू प्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैङ्कलाई अझै उचाइमा पुर्‍याउन लागि पर्ने प्रतिबद्धता जनाएको बैङ्कले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ