arrow

सनराइज बैंकको म्यानेजरमा रवीन्द्र ढकाल 

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
rabindra-dhakal.jpg

काठमाडौं । रवीन्द्र ढकाल सनराइज बैंकको म्यानेजर भएका छन् । ग्लोबल आईएमई बैंकबाट ढकाल बढुवासहित सनराइज बैंकमा पुगेका हुन् । 

यसअघि ग्लोबल आईएमई बैंकमा कार्यरत ढकालले सोमबारबाट सनराइज बैंकमा काम थाल्ने छन् ।

१३ वर्ष भन्दा बढी बैंकको अनुभव संगालेका उनी ग्लोबल आईएमई बैंकमा असिस्टेन्ट लेभलबाट प्रवेश गरेका थिए ।

ब्रान्च म्यानेजर, मार्केटिङ, कार्ड सेल्स, रेमिट्यान्स प्रमुख, अन्तर्राष्ट्रिय रेमिट्यान्सको समेत अनुभव भएका ढकाल बैंकमा आफ्नो जिम्मेवारी मर्यादापूर्वक निभाउने उदाहरणीय व्यक्तिको रुपमा चिनिन्छन् ।

ढकालले जन प्रशासनमा स्‍नातकोत्तर गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ