arrow

सांसद 'अपहरण'को उजुरी लिन सरकारी वकिल कार्यालयले गर्‍यो आलटाल

बुधवार पनि गरेन उजुरी दर्ता, माथिल्लो निकायमा जाने तयारी

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
kathmandu-district-attorney.gif

काठमाडौं। सांसद अपहरणको उजुरी सरकारी वकिल कार्यालयले दर्ता गर्न वुधवार पनि आलटाल गरेको छ। माथिल्लो निकायमा परामर्श भइरहेको भन्दै कार्यालयले बुधवार पनि उजुरी दर्ता गर्न आलटाल गरेको हो। 

प्रहरी परिसर काठमाडौंले उजुरी नलिएपछि जनता समाजवादी पार्टी(जसपा)का नेताहरु सांसद सुरेन्द्र यादवलाई लिएर अपहरणको उजुरी दर्ता गर्न सरकारी वकिलको कार्यालयमा मंगलवार पुगेका थिए। मंगलवार उजुरी अध्ययन गर्ने भन्दै फाइल लिएर पठाएपनि बुधवार दिउँसोसम्म दर्ता नगरेको वरिष्ठ अधिवक्ता कृष्ण शर्माले बताए। 

हाम्राकुरासँग कुरा गर्दै शर्माले बिहिवार मात्र दर्ता गर्ने नगर्ने जानकारी गराउने जवाफ सरकारी वकिल कार्यालयका तर्फबाट दिइएको बताए। उनले भने, 'हामीहरुलाई अल्मल्याउने र झुलाउने प्रयास सरकारका तर्फबाट भइरहेको छ।' 

फौजदारी कार्यविधीमा तल्ला निकायहरुले उजुरी नलिएको अवस्थामा माथिल्ला निकायमा उजुरी गर्ने सकिने व्यवस्था रहेको छ। कार्यविधीको यहि बुँदामा टेकेर प्रमुख जिल्ला अधिकारी एवं उपत्यका प्रहरी कार्यालयमा पनि उजुरी लिएर जाने तयारी जसपाको छ। ति निकायहरुले पनि उजुरी नलिएमा रीट निवेदन लिएर सर्वोच्च जाने जसपाका नेताहरुले बताएका छन्।  

यसअघी आइतवार प्रहरी परिसर टेकुले आरोपित अपहरणकारीहरुको बिरुद्धमा उजुरी लिन नमानेपछि जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले आफूहरुसँगै रहेका विकल्पहरु उपयोग गर्दै उजुरीको प्रयास गर्ने बताएका थिए। 

सांसद अपहरण गरेको घटना सरकारवादी मुद्दा बनेर अघि बढाउनुपर्ने भएपनि मूल्य मान्यता, विधिविधान, कानुन सबै लत्याएर कानुनी राजको उपहास भइरहेको शर्माले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ