arrow

सांसद सुरेन्द्र यादव 'अपहरण ' मा संलग्न महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र बिरुद्ध उजुरी

logo
प्रकाशित २०७७ वैशाख १४ आइतबार
sarbendra-kishan-mahesh.jpg

काठमाडौं। सांसद डा सुरेन्द्र यादवलाई 'अपहरण' गरि काठमाडौं ल्याएका नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल बिरुद्ध प्रहरीकहाँ अपहरणको उजुरी पर्ने भएको छ। नवगठित जनता समाजवादीले उनीहरु बिरुद्ध किटानी जाहेरी दिन लागेको हो।   

नवगठित जनता समाजवादीका नेताहरु डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी सहितका नेताहरु उजुरी दिन प्रहरी परिसर टेकु पुग्दैछन्। 

प्रधानमन्त्री केपी ओलीको निर्देशनमा बुधवार महोत्तरी पुगेर सांसद यादवलाई नेकपाका सांसद सहित पूर्व प्रहरी महानिरिक्षक खनालले बिहिवार काठमाडौं ल्याएका थिए। 

विवादास्पद अध्यादेश ल्याएपछि समाजवादी पार्टी फुटाउन सांसद संख्या पुर्‍याउने उद्धेश्यसहित डा यादवलाई ल्याउन नेकपाको टोली महोत्तरी गएको थियो। 

काठमाडौं आएर नागपोखरीको एक होटलमा रहेका डा यादव त्यहाँबाट उम्केर तत्कालिन समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा गएपछि उनले आफूलाई पार्टी फुटाउने उद्धेश्यले अपहरण गरि काठमाडौं ल्याएको बताएका थिए।  

सो प्रकरणसँगै समाजवादी पार्टी फुटाउने प्रधानमन्त्री ओलीको योजना पनि असफल भएको थियो भने विवादास्पद अध्यादेशहरु पनि फिर्ता लिन प्रधानमन्त्री वाध्य भएका थिए। 

शरीर बन्धक तथा अपहरणको बिषयमा पार्टीलाई प्रहरीकहाँ उजुरी दिन सबैतिरबाट सुझाव आएपछि निवेदन सहित उजुरीको अन्तिम तयारीमा रहेको जनता समाजवादीका नेता राजेन्द्र महतोले बताए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ