arrow

प्रधानमन्त्रीको आदेशमा प्रहरीले 'अपहरणकारी' खनाल, बस्नेत र श्रेष्ठ बिरुद्ध लिएन उजुरी

जसपाका नेताहरु टेकुमा धर्नामा

logo
प्रकाशित २०७७ वैशाख १४ आइतबार
cabinet-corona-oli.jpg

काठमाडौं। सांसद डा सुरेन्द्र यादवलाई 'अपहरण' गरि काठमाडौं ल्याएका नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल बिरुद्ध अपहरणको उजुरी गर्न गएकाको उजुरी लिन प्रहरीले आनाकानी गरेको छ।

नवगठित जनता समाजवादीका नेताहरु पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहितका नेताहरु प्रहरी परिसर टेकुमा पुगेका थिए। दिउँसो ३ वजेको आसपास पुगेका उनीहरुको प्रहरीले न उजुरी दर्ता गरेको छ न त्यसलाई उजुरी लिन नमिल्ने भन्दै फर्काएको छ। 

अपहरणकारीहरु बिरुद्ध पिडित स्वयं डा सुरेन्द्र यादव उपस्थित भइ किटानी जाहेरी दिन जाँदा समेत प्रहरीले उजुरी नलिएकोमा जनता समाजवादीका नेता राजेन्द्र महतोले आपत्ती जनाए।  

महतोले हाम्राकुरासँग कुरा गर्दै भने, ‘जनता समाजवादीका नेताहरु डा बाबुराम भट्टराई, उपेन्द्र यादव, शरतसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ, हिसिला यमी सहितका नेताहरु उजुरी दिन एक घण्टादेखि परिसरमा छौ। तर प्रहरी न उजुरी लिन्छ न दरपिठ गर्छ। हामी पनि हेर्छौ कतिन्जेल प्रहरीले प्रधानमन्त्रीको कुरा सुनेर विधीलाई टारेर बस्दो रहेछ। ‘

प्रधानमन्त्री केपी ओलीको निर्देशनमा बुधवार महोत्तरी पुगेर सांसद यादवलाई नेकपाका सांसद सहित पूर्व प्रहरी महानिरिक्षक खनालले बिहिवार काठमाडौं ल्याएको स्वयं अपहरित भनिएका यादवले बताएका थिए। 

विवादास्पद अध्यादेश ल्याएपछि समाजवादी पार्टी फुटाउन सांसद संख्या पुर्‍याउने उद्धेश्यसहित डा यादवलाई ल्याउन नेकपाको टोली महोत्तरी गएको थियो। 

काठमाडौं आएर नागपोखरीको एक होटलमा रहेका डा यादव त्यहाँबाट उम्केर तत्कालिन समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा गएपछि उनले आफूलाई पार्टी फुटाउने उद्धेश्यले अपहरण गरि काठमाडौं ल्याएको बताएका थिए।  

सो प्रकरणसँगै समाजवादी पार्टी फुटाउने प्रधानमन्त्री ओलीको योजना पनि असफल भएको थियो भने विवादास्पद अध्यादेशहरु पनि फिर्ता लिन प्रधानमन्त्री वाध्य भएका थिए। 

प्रहरीले उजुरी लिदा आफू पनि तानिने आशंकामा प्रधानमन्त्री ओलीले उजुरी दर्ता नगर्न भनेको जसपाका नेताहरुले बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ