arrow

बुढानिलकण्ठ वेद विद्याश्रमलाई सनराइज बैंकको नगद तथा खाद्यान्न सहयोग

logo
प्रकाशित २०७७ असार ६ शनिबार
sunrise-bank-budhanilkantha.jpg

काठमाडौं। देव भाषा, धर्म, संस्कृत, परम्पराको संरक्षण लगायत बिषयमा शिक्षा प्रदान गर्दै आएको बुढानिलकण्ठ वेद विद्याश्रमलाई सनराइज बैंकले सहयोग गरेको छ। 

३५ जना विद्यार्थी बसोबास गर्दै आएको विद्याश्रममा आर्थिक र खाद्य सामग्री प्रबन्ध गर्न कठिनाइ भएपछि बैङकले सहयोग गरेको हो। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ वेद विद्याश्रमलाई आर्थिक सहयोग गरेको हो।

शनिबार एक कार्यक्रमबीच बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा २ लाख २५ हजार नगदका साथै पूजासामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेल आदि खाद्य सामग्री बुढानिलकण्ठ मन्दिरका मठाधीस स्वामी निगमानन्दलाई हस्तान्तरण गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ