arrow

सनराइज बैंकद्वारा श्वेता फाउन्डेशनलाई ५ लाख सहयोग 

logo
सनराइज
प्रकाशित २०७७ असार २१ आइतबार
sunrise-bank-relief.jpg

काठमाडौं। सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता फाउन्डेशनलाई रु ५ लाख सहयोग गरेको जनाएको छ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउन्डेशनलाई सहयोग गरेको बिज्ञप्ति मार्फत जनाएको छ। शुक्रबार एक कार्यक्रमको बीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेता फाउन्डेशनलाई चेक हस्तान्तरण गर्दै फाउन्डेशनले गरेको कामको प्रशंसा समेत गरेका छन्। 

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९ को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको बताए। आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गर्ने जनाएका छन। यस्तै नायिका श्वेता खड्काले फाउन्डेशनलाई विश्वास गरेकोमा सनराइज बैंक प्रति कृतज्ञता व्यक्त गरिन्।

सो फाउन्डेशनले स्वर्गीय नायक कृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ