arrow

सनराइज बैंक र अष्ट्रेलियाको रोयल रेमिटबीच अनलाइन रेमिट्यान्स कारोबार हुने

बैंकका नेपाल भर छरिएका शाखा र एजेन्टहरुबाट सजिलै भुक्तानी हुने

logo
प्रकाशित २०७७ असार २२ सोमबार
sunrise_logo.jpg

काठमाडौं। सनराइज बैंक लिमिटेड र अष्ट्रेलियास्थित वाइट एभरेष्ट प्रालिद्वारा संचालित रोयल रेमिट मार्फत अनलाइन माध्यबाट रेमिट्यान्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सो सम्झौता अनुसार अष्ट्रेलियामा रहनु भएका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरेको कम्पनीले जनाएको छ। यसरी रोयल रेमिट नेपाल मार्फत पैसा पठाउदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको बताइएको छ। 

रोयल रेमिट नेपाल मार्फत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंक लि. का देशभर रहेका १३० शाखाहरु तथा बैंकका देशभरी छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिने जनाइएको छ।

साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको बिज्ञप्तिमा जनाइएको छ।

सनराइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ