arrow

सनराइज बैंकले एकै दिन ४ वटा शाखा सञ्चालनमा ल्यायो

logo
प्रकाशित २०७७ असार २८ आइतबार
sunrise-bank-branch.jpg

काठमाडौं। सनराइज बैंकले एकै दिन ४ वटा शाखा र एक विस्तारित काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ। आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले डिजिटल उद्घाटन समारोहमार्फत ४ वटा शाखा र १ विस्तारित काउन्टरको उद्घाटन गरे।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। बैंकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा शाखा र हरिसिद्धिमा विस्तारित काउन्टर विस्तार गरेको बताएको हो। 

हालसम्म सनराइज बैंकले १३४ वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ सेवा, १० वटा विस्तारित काउन्टर र १६० वटा एटीएम मार्फत् आफ्नाकरिब ६ लाख ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ