arrow

सनराइज बैंक लिमिटेड र एटी सर्विसबीच रेमिट्यान्स सेवा सम्झौता

logo
प्रकाशित २०७७ साउन १७ शनिबार
sunrise_logo.jpg

काठमाडौं। सनराइज बैंक लिमिटेड र हङ्गकङ्ग स्थित  एटी सर्विसि मार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल हुने कम्पनीले जनाएको छ। यसरी  एटी सर्विसि मार्फत पैसा पठाउदा तुलनात्मक अधिक्तम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ।

एटी सर्विसि मार्फत हङ्गकङ्गबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सन्राइज बैंक लिमिटेडका देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ। साथै बैंक खातावालाको हकमा भने, यो सेवा सन्राइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ।

सन्राइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त रहेको कम्पनीको विज्ञप्तिमा भनिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ