arrow

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा गुल्मीको फुलबारीमा शुरु

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
sunrise-bank-fulbari-gulmi.jpg

काठमाडौं। सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै उद्धेश्य अनुरुप मालिका गाउँपालिका–६, फुलबारी, गुल्मीमा ४९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। गत शुक्रबार एक कार्यक्रमबीच मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र  मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरिको उपस्थितिमा शाखारहित बैंकिङ्ग सेवा सूचारु भएको छ।

साथै बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मण्डलले शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि श्रीमती रिमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे। सो पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बताइएको छ। यस सेवाबाट ग्राहकहरुले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ