arrow

सनराइज बैंकले कोरोना कोषमा ७९ लाख दियो

logo
प्रकाशित २०७७ भदौ १ सोमबार
sunrise-bank-csr.jpg

काठमाडौं। सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई ७९ लाख ४४ हजार ४ सय ७६ रुपैंया बराबरको रकम सहयोग गरेको जनाएको छ। सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको बताएको हो।

उक्त रकम आज आयोजित एक समारोहकाबीच बैंकका संचालक समितिका सदस्य श्रीमती शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा.युवराज खतिवडालाई हस्तान्तरण गरिन्। सोही समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याल र नायब महाप्रबन्धक श्रीमती आरती राज्यलक्ष्मी राणाको  पनि उपस्थिति रहेको थियो। प्रदान गरिएको रकमबाट कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकको विश्वास छ।

उक्त अवसरमा अर्थमन्त्री डा.खतिवडाले बैंकलाई धन्यबाद दिदैं बैंकले प्रदान गरेको उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय भएको बताए। सनराइज बैंकले यस अघि पनि देशका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह, अस्पतालहरुलाई कोरोनासंग लड्न अति आवश्यक सामार्ग्रीहरु जस्तै एएभ्,मास्क,स्यानिटाइजर आदि हस्तान्तरण गरेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ