arrow

बामदेवको सांसद हुने यात्राको नालीबेली, प्रधानमन्त्री हुने सपनादेखि सांसद हुने चाहना !

logo
केदार सुवेदी,
प्रकाशित २०७७ भदौ २८ आइतबार
bamdev3.jpg

नेपालको राजनीतिक बृत्तमा पद, पैसा र आफना लागि हुनेनहुने मनलाग्दी नै गर्ने भनी  प्रतिकनै बनेका पात्र हुन नेकपाका उपाध्यक्ष बामदेव गौतम । तत्कालीन एमालेले सार्वजनिक रुपबाटनै  गरको घोषणालाई आधार मान्ने हो भने उनी यो देशका एक नम्वरका भ्रष्टाचारी हुन् । त्यो एमाले समेत गाभिएर  बनेको अहिलेको नेकपामा उनी दुई अध्यक्षका एक उपाध्यक्ष हुन् ।

पछिललो समय प्रधानम्न्त्रकिो कुर्शी हल्लाउने र फेरी त्यसलाई जोगाइदिने उनी यस अघि आफु पराजित भएपनि निर्वाचित धेरै सांसदहरुको पनि पदनै हल्लाईदिइरहे यो संसदको करिव तीन वर्षको समयकाल भरी । त्यसको संख्या बीस-बाइस पुगिसकेको थियो । पछिल्लो समय राष्ट्रिय सभाले बली चढनुपर्ने  गरी उनले रचेको पछिल्लो पुराणको सांगे हुदैछ । त्यसकाकेही नमूनाहरु

प्रधानमन्त्रीका नाममा पराजय

गौतम बर्दियाबाट  २०७४ को प्रतिनिधिसभा चुनावमा पराजित हुनुको प्रमुख कारण थियो उनले आफुलाई यो निर्वाचनपछिको प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्नु । एउटा नेताले आफुलाई प्रधानमन्त्रीको उम्मेदवार मान्नु अस्वाभाविक होइन । तर उनको प्रस्तुती नै त्यस्तो भएर हो कि उनी त्यसकालागि स्वीकृत भएनन् ।  त्यसबेलाका समाचार विवरण र अनुसन्धानहरुले त्यसै भन्छन् । उनी आफैले पनि त्यसपछि प्रधानमन्त्री भएकाका वरीपरीबाट आफुलाई हराइएको भन्ने त्यो पराजयपछिको लामो समयसम्म बताइरहेका थिए ।

गौतम एमाले माओवादीलाई चुनावी गठवन्धनमा लाने प्रमुख पात्र मानिन्छन् । त्यो गठवन्धनमा उनको निर्वाचन क्षेत्र बर्दिया एकमा यी दुईदल मिल्दा नेपाली  कांग्रेसको भन्दा डवलमतबढी थियो स्थानीय निर्वाचनमा तर जित्यो नेपाली कांग्रेसले गौतमकोभन्दा आठ सय बढी मतले । स्थानीय निर्वाचनमा २९ हजारमत बढी देखिएको अवस्थामा त्यो गठवन्धन बनाउने पात्रका नाममा जुन मत आयो, गौतमका लागि यो स्वीकार्य भएन तर नमान्ने धर पनि  थिएन ।  २९ हजारबढी मतभएको ठाउमा ७ सय कम मतले हार्नु भनेको सामान्य होइन पनि ।

त्यसबेलाको समाचार

त्यसबेला निर्वाचन परिणाम आउदा गौतमलाई मात्र होइन अरुलाई पनि आश्चर्यमा पारेको थियो । त्यसबेलाको एउटा समाचार – ‘एमाले उपाध्यक्ष तथा वाम गठबन्धनका सूत्राधार वामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजीत भएपछि एमाले पंक्तिभित्र खैलाबैला मच्चिएको छ । गएको स्थानीय तहको निर्वाचनमा बर्दिया १ का चार स्थानीय तहमा वाम गठबन्धनले ल्याएको मत नेपाली कांग्रेसको भन्दा २९ हजार ६ सय बढी हुादाहुँदै गौतम ७ सय ५३ मतले कसरी पराजीत हुन पुगे भन्ने जिज्ञासा देशभरका एमाले नेता कार्यकर्ताले राखिरहेका छन् ।

पार्टी पंक्तिलाई निर्वाचनको कुनै पनि जिम्मेवारी नदिनु वामदेव पराजयको मुख्य कारण भएको बर्दियाका एमाले कार्यकर्ता बताउँछन् । चुनावी सांगठनिक संरचना नै हारको मुख्य कारण मानिएको छ । वामदेवले आफूपछि छोरा हरिसदेव गौतमलाई बर्दियामा स्थापित गराउने प्रयासलाई पनि हारको कारण मानिन्छ । श्रीमती तुलसा थापालाई समानुपातिकमा राख्नु, मनमोहन अधिकारीले बृद्धभत्ता दिन मानेका थिएनन् मैले दिएको हुँ भन्ने भाषण गर्नुलाई पनि एमालेले रुचाएनन् । वाम गठबन्धन मैले बनाएको हुँ जसको नीति उसको नेतृत्व हुन्छ, अब पार्टी अध्यक्ष र प्रधानमन्त्री मै हुँ, माधव नेपालले समर्थन गरिसकेका छन्, प्रचण्डले पनि गर्छन् भन्ने भाषण पनि वामदेवका लागि प्रत्युत्पादक बन्न पुगेको छ ।‘

अध्ययनको ठहर

अहिलेका भन्दा त्यसबेलाका बामदेव झनै खपिनसक्नुका थिए । त्यसकारण उनी हार्नुको कारण खोज्न भनी विभिन्न समिति बनाइएको थियो । ती  प्रतिवेदनले पनि हारको कारण गौतमको आफनै कमजोरी रहेको देखाएका थिए । उनको आफुलाई चुनावमा प्रधानमन्त्री भनी देखाउनु रहेको वताइएकोछ । त्यो प्रतिवेदनको एउटा अंश:

‘चुनावी भाषण गर्ने क्रममा उत्तेजित हुने र भोलीदेखि नै आफु प्रधानमन्त्री भैहाल्ने तथा ब्रहृमाण्डमै बहुदलीय जनवाद लागू गर्छौं भन्न पछि नपर्ने वामदेवलाई आफ्नै भाषणले पनि डुबाएको पाइएको छ । गौतमले चुनावका क्रममा हरेकलाई अट्याच बाथरुमसहितको पक्की घर र एक घरमा दुई रोजगारी अनि जग्गा सरकारीकरण गरेर घर–घरमा भकारी भरी धान दिने बताएका थिए । वामदेवको यो भाषण यति हावादारी सावित भयो कि मान्छेले वामदेवलाई नचिनेका थिएनन् । २५ वर्षदेखि यहीँबाट राजनीति गरेर पनि केही नगरेको आरोप लागेका वामदेवले प्रधानमन्त्री बनेर यसो गर्छुभन्दा कसैले पत्याएनन् । उल्टै हाम्रो जग्गा सरकारीकरण गर्ने भयो भनेर कांग्रेसले प्रचार गरे । र, उनलाई आफ्नै भाषणले डुबायो ।’

खाली गराउने पछिल्लो अभ्यास

हारेर ठाउँ छाड्न भनिए पनि जित्नेहरु चाहिँ प्रसन्न थिएनन् यसरी ठाउ छाडनु पर्ने कुरामा । बहालवाला प्रधनमन्त्रीले आफुपछिको प्रधानमन्त्री भनी घोषणा गरिसकेपछि पनि एउटा सिट छोड्न लगाउने कुरा आयो पाल्पाको । नेताले छोडन लाए पनि सम्वन्धितलाई चाहि पीडा हुँदोरहेछ । वामदेवका लागि पाल्पा–१ नछाड्ने रानाको चेतावनी शीर्षकमा छापिएको एउटा समचारले त्यो पीडा व्यक्त गरेको हुनुपर्छ । समाचारको त्यो अंश –

‘नेकपा सांसद दलबहादुर रानाले आफ्नो निर्वाचन क्षेत्र पाल्पा–१ बाट उपाध्यक्ष वामदेव गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने भन्ने प्रचार गलत भएको बताएका छन् । रानाले आफूलाई राजीनामा गराएर वामदेवलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने प्रचार झूठो, भ्रमपूर्ण र पार्टी एकताविरोधी षड्यन्त्रबाट प्रेरित भएको भन्दै आक्रोश पोखेका छन् । सम्बन्धित कसैसँग पनि छलफल र चर्चा नै नभएको विषय ‘वामदेव गौतमलाई पाल्पा क्षेत्र नम्बर–१ बाट चुनाव लडाउने सहमति भएको भन्ने समाचार झूठो, भ्रमपूर्ण र पार्टीको एकताविरोधी षड्यन्त्रबाट प्रेरित भएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु,’ रानाले लेखेका छन् ।’

आफ्नालागि  जितेकाहरुले  सिट छाडिदिने यो कुरा ०७४ देखि ०७७ समम आइपुग्दा पनि कायम रहेछ । माथिको समाचार गएको बैशाखको हो । तर हिजोसम्म कै अवस्थामा जितेकाले आफनालागि  सिट छाडिदिने व्यक्ति गौतमले पाएनन्, पाएका व्यक्तिलाई वर्तमान प्रधानमन्त्रीले नै भडकाइदिए । 

उनकालागि संविधाननै संसोधन

पछिल्लो समय जव प्रधनमन्त्री तथा पार्टी अध्यक्षले नै एउटा ठाँउ खोजेर त्यो ठाउँमा उठनोस भनी प्रस्ताव गर्दा अब आफु एउटा मन्त्रीमात्रै भएर रहने भनी राष्ट्रिय सभाको सदस्य माग्न थाले ।

यो ठाउमा  गौतमका लागि मन्त्रीमा पनि प्रतिकुलता के छ भने  प्रतिनिधिसभाको निर्वाचनमा  पराजित भएको व्यक्ति संसदको त्यो कार्यकालमा मन्त्री हुन पाउँदैन । मन्त्री वा प्रधनमन्त्री हुनका लागि कुनै उपचुनावमा जित्न पर्छ । यता गौतमले भने अव यस्तो उपचुनाव नलडने भनी निर्णय नै गरे ।

बर्दियाबाट हारिसकेपछि यो चरणसम्म आइपुग्दा २२ वटा घट्ना भैसके छन् । यसलाईनै ‘बामदेवका बाइस अवतार’ भनी पर्यवेक्षहरुले नामाकरण गरिदिएका छन् ।

यो अवतारमध्ये एउटा पर्छ उनका लागि सविधान संसोधनको विषयपनि । सुनिंदा पत्याउने खालको छैन तर सत्य हो । एकताका उनलार्इ फकाउन सुरीक्षत ठाउँ राष्ट्रियसभामा लाने भइयो र  राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री हुनपाउने गरी सवधिान संशोधन गर्न भनी नेकपाको सचिवालयले कमिटिनै गठन गर्‍यो जसमा बरिष्ठ नेता माधवकुमारदेखि उपनेता सुवास नेमवाङसम्म थिए । 

यसले त्यो दलमा बामदेवको राजनीतिक मुल्य बुझाउँछ । तर यो मुल्य त्यो दलको साझा थिएन । बामदेव त्यता ढल्किएपछि अर्को खेमाले त्यसलाई कार्यान्वयनमा ल्याउनै मानेन । त्यसपछि   त्यो कमजोर खेमाले राष्ट्रियसभामा लाने, सविधान संशोधन गर्ने आदि झण्झट भन्दा जितेका एउटा मान्छेलाई राजीनामा दिन लगाएर त्यो ठाउँमा खडागरी जिताएर ल्याएर प्रधनमन्त्री बनाउने भनी प्रस्ताव गर्‍यो ।

यो समयदेखि बामदेव अव उताका खेमाका भए । यी सबै चलिरहदा पत्तो पाउनै गाह्रो भयो, बामदेव को हुन्, उनले नेतालाई खेलाए कि नेताले उनलाई ?

पहिले राष्टियसभा सदस्य बन्ने प्रस्ताव आउँदा आफु त्यस्तो सानोतिनो पदमा जाने मान्छे होइन भने । संविधन संसोधनको शर्त त्यही ठाउँबाट उव्जिएको हो । संविधान संसोधन गर्न अप्ठेरो हुन्छ,, निर्वाचन नै लडौ भनिँदा फेरी त्यही सानोपद माग्न थालियो । यसकाबारे विभिन्न माध्यममा आएका उनका भनाइका केही अंश –

चुनाबै नलडने घोषणा

‘मैले राष्ट्रिय सभामा नजाने मनसाय कहिले पनि व्यक्त गरिनँ । पार्टी कमिटीले गरेको निर्णय कार्यान्वयन नगर्ने हो भने बहुदलीय व्यवस्था नै मान्दिन भनेको ठहर्छ । पार्टीले निर्णय गरिसकेको छ । पार्टीले मर्यादित भाषामा मिलाउँदा ‘सरकारलाई सिफारिस गर्ने’ भनेर भन्यो । त्यो अनिवार्य लागु गर्ने विषय हो । लागु हुनुपर्छ पनि ।

चार–पाँचदिनअघि प्रधानमन्त्री ओलीजीले डोल्पाबाट चुनाव लड्नुपर्‍यो भन्नुभएको थियो । मैले उहाँलाई प्रतिनिधिसभाको निर्वाचनमा जाँदिन भनेर भनेको छु । जसबेला प्रतिनिधिसभाको निर्वाचनमा जाने भनिएको थियो, त्यतिबेला निर्णय भए म जाने पनि थिएँ । अहिले अनावश्यकरूपमा चर्चा गर्नुको अर्थ छैन । कोरोनाको महामारी छ । जाडो मौसम आउँदैछ । चिसोले मानिस कठ्याङ्ग्रिने अवस्था हुन्छ ।डोल्पाबाट आधा मानिसहरू उँधो झर्न थालिसके । यस्तो अवस्थामा डोल्पामा उपचुनाव हुन सम्भव छैन । डोल्पा मात्र होइन, मेरो कुनै पनि निर्वाचन क्षेत्रमा चुनाव लड्ने मानसिकता पनि छैन । पार्टीको निर्णयले म राष्ट्रियसभामा जान पाइरहेकै छु ।

प्रधानमन्त्री केपी ओलीले ‘वामदेव गौतमलाई म पछिको प्रधानमन्त्री बनाउँछु र तपाईंहरूले निर्णय गर्नुस’ भनेर भन्नुभयो । वैशाख १७ गतेको सचिवालय बैठकमा । निर्णय त्यसदिन हुन सकेन । त्यसपछि २० गतेको बैठकमा प्रस्ताव नै ल्याउनु भएन । एक किसिमले भन्ने हो भने ‘विथ ड्र’ गर्नुभयो । १७ गतेको छलफल प्रस्तावमै ल्याउनुभएन । प्रस्तावको रूपमा नल्याएपछि ‘फेस सेभिङ’ गर्नुपर्‍यो नि ।’

पछिल्लो समय गौतमका बारे मध्यमहरुमा अएका समाचारको पनि अर्थ रहन्छ । रेकर्डका लागि तिनका केही  अंश –प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (१५भदौ) को कुराकानीमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव गरे । २०७४ को प्रतिनिधिसभा चुनावमा पराजित भएयता गौतमको चर्चा कहिले आफैं र कहिले पार्टीका अरू नेताहरूबाट प्रस्तावित सांसदका रूपमा हुदै आएको छ ।  गौतमलाई सांसद बनाउनका लागि भएको यो २२ औं पटकको चर्चा हो । त्यसअघि पनि गौतमलाई ओलीले सोही प्रस्ताव गरेका थिए तर गौतमबाट जवाफ पाइसकेका थिएनन् ।  सोमबार भने गौतमले स्पष्टै रूपमा अहिले प्रतिनिधिसभाको चुनाव हुने सम्भावना नरहेकाले आफूलाई राष्ट्रिय सभा सदस्य बनाउने फागुन १४ को सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न प्रस्ताव गरे ।

‘केपीजीबाट दुई दिनअघि पनि प्रतिनिधिसभामा डोल्पाबा चुनाव उठ्न प्रस्ताव आएको थियो, मैले स्वीकार गरिन, कोरोनाकालभरि चुनाव हुँदैन, कोरोना सकिने बेलामा स्थानीय तहको चुनाव  हुन्छ . त्यसपछि आमचुनाव हुन्छ ।  किन जान पर्‍यो ? मन्त्री बनाउनु हन्छ, म एकदम राम्रोसँग तपाईंलाई लोकप्रिय बनाउँछु । बनाउनुहुन्न भने पनि राष्ट्रिय सभामा आफ्नो भूमिकामा रहन्छु भनेको छु ।’

दुवै खेमाका प्रधनमन्त्री हाततालाग्यो शून्य

पछिल्लो समयको यतिबेला फागुन १४  र बैशाख १७ नेकपामा अत्यधिक चर्चामा आएका मिति हुन । यी दुई मितिमा भएका कुरा अनुसार भएका भए बामदेव यतिबेलासमम दुईपटक प्रधानमन्त्री भैसकेका हुने थिए ।

फागुन १४- यो दिन बामदेवलाई राष्ट्रिय सभाको सदस्य बनाउने र संविधान संसोधन गरेर त्यस्तो सदस्य पनि प्रधनमन्त्री बन पाउने व्यवस्था गर्न लागिएको दिन हो यो । यसको नेतृत्व एउटा अध्यक्ष प्रचण्डले गरेका थिए । रिपोर्ट भए अनुसर  त्यसपछि गौतमले प्रतिनिधिसभामा उम्मेदवार हुने कुरा छोडेर राष्ट्रिय सभा सदस्य कसरी प्रधानमन्त्री बन्न सक्छ भन्नेबारेमा लागे । त्यसपछि उनलाई कास्की २ को उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव पनि गरियो तर गौतमले हारको आकलन गर्दै उपचुनाव नलड्ने घोषणा गरे । त्यसपछि बसेको सचिवालयले संविधान संशोधनका लागि भन्दै वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गर्‍यो । उक्त निर्णय उपाध्यक्ष वामदेव गौतमलाई खुसी पार्न गरिएको थियो भन्ने प्रष्टै छ ।

वैशाख १७ गौतमलाइ  बहालवाला प्रधानमन्त्री ओलीबाटै प्रधानमन्त्री प्रस्ताव गरेको  दिन हो । बैशाख ८ मा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको घटनाले नेकपा विभाजनको संघारमा पुग्यो त्यही सन्दर्भमा बैशाख १७ मा बसेको सचिवालय बैठकमा अध्यक्ष दाहालसहितका अधिकतर सचिवालय सदस्यहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागको सन्दर्भमा जवाफ दिन  ओलीले आफुपछिको प्रधानमन्त्री गौतम हुनुपर्ने भनी प्रस्ताव राखे ।

त्यसकारण बामदेव फागुन १४ मा प्रचण्ड खेमाका प्रधानमन्त्री भए र बैशाख १७ मा ओली खेमाका प्रधानमन्त्री । तर यो भदौ मध्यसम्म आइपुग्दा यता बामदेव भने मन्त्री पनि नहुने भए ।

कस्कस् माथि प्रहार

२०७४ को प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बनेका सबैजसो स्थायी कमिटी सदस्यले चुनाव जिते । तर, गौतम नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग ७५३ मतान्तरले पराजित भए वर्दिया १ बाट । त्यसको भोलिपल्टैदेखि उनले जित्नेहरको ठाउँ हेर्न थालको  र तिनीहरुलाई राजीनामा दिन लगाउन पनि थालका थिए । तर विभिन्न कारणहरुले त्यस्तो क्षेत्र प्राप्त गर्न सफल भएनन् । कुनै क्षेत्र मिले भने हार्ने डर भएर त्यहाँ गएनन ।

त्यतिबेला गौतमले झलनाथ खनाललाई राष्ट्रपतिमा सघाउने बताएर उनको क्षेत्र खाली गर्ने योजना बनाएका थिए । ‘तपाईं पश्चिमतिरको मानिस, पूर्वेलीले पत्याउँदैनन्’ भनेर खनालले कुरै पर्न दिएनन् । त्यसपछि उनी माधव नेपालतिर लागे ।  उनले नेता नेपाललाई पनि राष्ट्रपति बनेर आफ्नो लागि काठमाडौं २ खाली गरिदिन आग्रह गरेका थिए । अझै एक दशक सक्रिय राजनीति गर्ने र अहिले नै राष्ट्रपति बन्ने इच्छा नरहेको नेता नेपालले बताएपछि वामदेवको त्यहाँ पनि केही जोर चलेन ।

ललितपुका सांसद नवराज सिलवाल। कार्य सम्पादन मूल्याङ्कन (कासमू) कीर्ते गरेको अभियोगमा सिलवाल प्रहरीको फरार अभियुक्तको सूचीमा परे । उनको सांसद पद निलम्बनमा पर्ने खतरा थियो ।त्यतिबेला अदालतबाट आदेश गराएरै भए पनि ललितपुर १ खाली गर्ने र त्यहाँबाट सांसद उठ्ने तयारीमा वामदेव लागे । तर, त्यो प्रयास पनि सफल हुन सकेन ।

बर्दियाको २ नम्बर निर्वाचन क्षेत्रमा नजर लगाएका थिए । त्यो क्षेत्रबाट माओवादी केन्द्रका उम्मेदवारले चुनाव जितेका थिए । थारू बहूल क्षेत्रमै गएर चुनाव उठ्दा परिणाम पनि नपर्ने र प्रतिनिधिसभामा थारूको उपस्थिति पनि घट्ने निष्कर्ष निस्किएपछि वामदेव त्यहाँ पनि सफल हुन सकेनन् ।

त्यसपछि पूर्वी रुकुमबाट उठ्ने इच्छा देखाए प्रचण्डले कमला रोक्कालाई सम्झाएका पनि थिए । तर, रोक्काले पाँचवर्षका लागि जनताले निर्वाचित गराएको र वामदेवका लागि आफूले राजीनामा नदिने स्पष्ट अडान लिएपछि त्यो बाटो पनि बन्द भयो । त्यसपछि नवलपुर २ तिर लागे सांसद महतले वामदेवका लागि आफूले सांसद पद त्याग्न नसक्ने अडान लिएपछि उनी दैलेखतिर उक्लिए त्यतिबेला दैलेख १ बाट निर्वाचित सांसद रवीन्द्रराज शर्मालगायत नेताहरूले आफूलाई संघीय संसदमा जानुपर्छ भनेर घरमै आएर आग्रह गरेको भन्दै २०७५ साउनको सचिवालय बैठकमा पार्टीलाई निर्णय गर्न पनि आग्रह गरेका थिए ।

तर, सचिवालयका कुनै पनि नेताले गौतमको कुराका ध्यान दिएनन् । क्षुब्ध बनेका गौतम त्यसपछि डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गराउन लागेका थिए । २०७५ को भदौमा निर्वाचन तयारी गर्ने र लगत्तै असोजको २२ गते उपचुनाव गर्ने उनको योजना थियो । त्यहाँ पनि केपी ओली बाधक बने । त्यहाँको पार्टी कमिटीले निर्णय गर्‍यो । ‘पार्टीले लिखित कारणसहित निर्णय गरेमा राजीनामा बुझाउनू, नत्र व्यक्तिका लागि सांसद पद नछाड्नू’ भनेर पार्टीले निर्णय नै गरेपछि राजीनामा दिन भनेर जिल्ला पुगेका बुढा हच्चिए ।

तर, गौतमको सांसद बन्ने इच्छा अझै मरेको थिएन । धनकुटाका सांसद राजेन्द्र राईलाई भेट्न पार्टी महासचिव विष्णु पौडेललाई पठाए । पूर्वएमाले, स्थानीय निर्वाचनमा ‘प्रतिस्पर्धी निमिट्यान्न बनाउने’ जिल्लाका रूपमा चिनिएको धनकुटा गौतमका लागि सहज बन्ने गौतमको अपेक्षा थियो । त्यहाँ पनि केही सीप चलेन ।‘पार्टी र देशले आवश्यक ठान्यो भने सोचुँला । अहिले वामदेवका लागि राजीनामा दिन्नँ, भनेर राईले अडान लिएपछि पौडेल खाली हात फर्किए ।

धनकुटा खाली गर्ने प्रयास विफल भएपछि पौडेलले बाँकेका नन्दलाल रोकायालाई पनि भेटे । ७० वर्षमाथि उमेर पुगेका पाका रोकायाले पनि जनताले पाँच वर्षका लागि चुनाव जिताएका हुन् । बीचमै राजीनामा दिएर जनमतको अवमूल्यन गर्दिनँ भनेपछि त्यहाँको च्याप्टर पनि क्लोज भयो ।

धनकुटा र बाँके ३ दुवैतिर असफलता चाखेका पौडेलले बैतडीका सांसद दामोदर भण्डारीलाई पनि मनाउने प्रयत्न गरेका थिए । आफू अर्थमन्त्री हुँदाका बखतका राज्यमन्त्री र पार्टीको महासचिवले नै आग्रह गरेपछि अटेर नगर्लान् भन्ने पौडेलको बुझाइ थियो । परिणाम त्यहाँ पनि सोचेजस्तो भएन । बैतडी पनि खाली नहुने भयो । त्यसपछि वामदेव गौतमलगायत केही नेताले कञ्चनपुर ३ बाट झिनो मत (२५६) ले जितेका दीपकप्रकाश भट्टलाई राजदूत दिने शर्तमा मनाउने कोसिस गरे ।

तर, त्यतिबेला निर्मला पन्त हत्या प्रकरणले कञ्चनपुर बलेको थियो । गौतमको आगमन प्रत्युत्पादक हुने ठहरियो । त्यसपछि अघिल्लो पटक निर्वाचन जितेको र आफ्नो जन्मजिल्ला प्युठान जाने निष्कर्ष निकाले । वाम गठबन्धनकै सहयोगमा चुनाव जितेकी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई राजीनामा दिन लगाउने र त्यहाँबाट निर्वाचन लड्ने उनको ध्येय थियो ।

त्यसका लागि मोहनविक्रम सिंहसँग पौडेललाई राष्ट्रियसभामा लैजाने गरी कुराकानी चलाएका थिए । तर, उनको प्रस्ताव राष्ट्रिय जनमोर्चाले ठाडै अस्वीकार गर्‍यो । र, विज्ञप्ति निकालेरै प्रतिवाद गर्‍यो । यसपछिको पालो थियो काठमाडौँ ७ का सांसद रामवीर मानन्धरलाई मनाउने त्यसमा सफल भएपनि  । रामवीरले राजीनामा समेत बुझाइसकेका थिए । २०७५ कात्तिक ४ गते बसेको सचिवालय बैठकले ‘रामवीरको पत्रबारे निर्णय गर्न आवश्यक नरहेको’ निर्णय गर्‍यो । काठमाडौं ७ मा पनि ओलीले नै भाँजो हालेको उनको निष्कर्ष थियो । यस अघि कास्कीको उपनिर्वाचनमा चाहिँ हारिन्छ भनेर उनी गएनन् ।

त्यसपछि मात्र गौतम राष्ट्रिय सभातिर लागेका हुन कम्तीमा ६ वर्षका लागि प्रधानमन्त्री पद छाडेका हुन । उनको राष्ट्रिय सभामा प्रवेशले भयो भने त्यो सभाको बली हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ