arrow

सनराइज बैंकको १३ औं वार्षिकोत्सवमा नेपाल बाल संगठन, बाल मन्दिरलाई सहयोग

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
sunrise-bal-mandir.jpg

काठमाडौं। सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरमा सहयोग गरेको छ । शुक्रबार बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई सहयोग रकम स्वरुप चेक हस्तान्तरण गरेका हुन्।

बैंकले सधै झै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लताकपडा आदि वितरण गदै आएकोमा यस वर्ष कोभिड १९ को कठिन समयलाई मध्यनजर गदै उक्त सामाग्रीहरु किन्नको लागि नगद एक लाख पचास हजार रुपैंया आर्थिक सहयोग गरेको हो।

बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित लगायतका बालबालिकाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आगामी वर्षमा पनि सहयोग गर्दै जाने बैंकले बताएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकको १३औ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य निरन्तर गरिरहने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ