arrow

टर्कीमाथि अमेरिकी प्रतिबन्धको तयारी

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज २४ शनिबार
f35-us-s400-russia.jpg

काठमाडौं। राष्ट्रपति रेसिप ताइप एर्दोगनको तुच्छ हर्कतका कारण टर्की अहिले ठुलो संकटतिर धकेलिँदै गएको छ। गत अगस्त २७का दिन टर्कीले ग्रिकको एफ १६ लडाकु विमानलाई निशाना लगाएको थियो। रुसबाट किनेको एस ४०० एयर डिफेन्स सिस्टमबाट टर्कीले युनोमिया सैन्य अध्यासबाट फर्किदै गरेको ग्रिकको लकडाकु विमानलाई निशाना लगाएको थियो। सन् २०१७ पछि टर्कीले गरेको सबैभन्दा ठुलो विश्वासघातका रुपमा यसलाई हेरिएको छ। एक नाटो सदस्यले रुसले दिएको हतियार प्रयोग गरेर अमेरिकी निर्मित फाइटर जेटलाई निशाना लगाउनु कुनै सामान्य कुरा हैन।

टर्कीले गरेको यो हर्कतलाई क्यापिटल हिलका सांसदहरुले गम्भीर रुपमा लिएका छन्। सांसद क्रिस भ्यान हालेन र जेम्स लयन्कफोर्टले माइक पोम्पिओलाई एक पत्र लेख्दै यसरी रसियान निर्मीत एयर डिफेन्स सिस्टमले अमेरिकी हतियारलाई निशाना लगाएर संवेधनशिल डेटा चोरी गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

रसिया प्रायोजित तरिकाले यो कदम चालिएको हुन सक्ने र यसले सैन्य हतियारसम्बन्धी डेटाहरु एवं प्रविधिमाथि खतरा उत्पन्न गारउन सक्ने बताइएको छ। सन् २०१७ मा टर्कीले अमेरिकी एयर डिफेन्स सिस्टमलाई त्यागेर रुसी एस ४०० लाई किन्ने निर्णय गरेको थियो। त्यतिबेला देखि दुई देशबीचको सम्बन्ध बिग्रिदै गएको छ।

टर्कीले आफ्नो उद्देश्यलाई फेरबदल गर्नसक्ने अमेरिकी अपेक्षा भएपनि त्यो हुने देखिएको छैन। टर्की रुससँग झन निकट हुँदै गएको अवस्था छ। टर्कीले गत वर्षको नोबेम्बर तिर रुसी एस-४०० हतियारलाई अमेरिकी एफ-१६ सिरिज र एफ-४ सिरिज विरुद्ध परीक्षण गरेको थियो। सोही कारण टर्कीले एफ-३५ जेटसँग पनि रुसी हतियारको परीक्षण गर्नसक्ने आशंका उब्जिएको छ।

टर्कीको यो कदम अमेरिकाका लागि विपत्तीजनक हुनसक्ने अमेरिकी युरोप कमाण्डर जेनरल टोड वाल्टर्स बताउँछन्।  उनले भनेका छन्,  एस-४०० को अगाडि एफ-३५ लाई ओपरेट गर्न सकिँदैन, यीनीहरुको तुलना गर्न सकिँदैन्, र यदि एस-३५ विरुद्ध एस-४०० को परीक्षण गरियो भने, एफ-३५को क्षमता एक्सप्लोइट हुनेछ। एफ-३५ को क्षमता रुसी राडार पद्यतीको एस-४०० सँग खुला गर्न एवं साँझा गर्न हामी चाहँदैनौं।

गत २७, २९ र १२ अगस्तमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको साइप्रस र ग्रिस भ्रमणले अब, अमेरिकाले ग्रिस र साइप्रसलाई आफ्नो बेस बनाउँन खोजिरहेको संकेत गरेको छ। एर्दोगनको नेतृत्वमा अहिले टर्कीले भयानक भूराजनीतिक खेल खेल्दैछ, जुन कुनै सामान्य समझदारले थाहा पाउँन सक्दैन। तर त्यसको परिणाम भने टर्की आफै एक अराजकतामा परिणत हुने सम्भावना बढिरहेको छ।

तीन मोर्चा लिबिया, सिरिया र दक्षिण काकससँग लडाई गर्नु, पूर्वी भुमध्यका नाटो सहयोगीहरुसँग दुश्मनी मोल्न्, साउदी अरेबिया र अरब विश्वसँग चुनौती खडा गर्नु, रुस र फ्रान्सबीच दुश्मनी बढाउनु र भारतलाई उत्तेजित पार्ने जस्ता कदमले टर्कीमाथि गम्भीर संकटको संकेत गराउँछ।

अमेरिकी सेनाको उच्चतामा सम्झौता गर्दै धर्मनिरपेक्षतालाई लत्याउँदै टर्कीको यस्तो अहंकारी कमदले आउँदा दिनमा अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने संकेत गराउँछ। यसबीच युरोपेली आयोगले समेत २०२० को अन्ततिर टर्कीमाथि प्रतिबन्ध लगाउने संकेत गरेको छ। धार्मिकतालाई विर्सिएर टर्की इस्लामीक विश्वको नेतृत्व एवं पकड आफ्नो हातमा पार्न खोजिरहेको छ।

तर, एर्दोगनका कदमहरुले त्यो सपना पुरा हुनुअघि सहयोगीहरु गुमाउँदै अमेरिकी र युरोपेली प्रतिबन्धमा टर्की फस्ने सम्भावना बढेको छ। कोरोना भाइरसको महामारी नियन्त्रणमा आउँने बित्तिकै ईयु, नाटो र अमेरिकाले टर्कीविरुद्ध कदम चाल्ने देखिएको छ।

टर्कीको पछिल्लो कमदले अमेरिकासँगको कुटनीति सम्बन्धमा कुनै न कुनै पक्षमा हानी पुर्‍याउने देखिएको छ। एर्दाोगनले यसको बदलामा जोगिन प्रयास त गर्नेछ तर, जती धेरै एर्दोगनले बच्ने कोशिस गर्नेछ त्यतिधेरै कठिन परिस्थिती सिर्जना हुनेछ र टर्कीमाथि संकट उत्पन्न हुने संकेत देखिएको छ। यसको भागेदार टर्कीका नागरिकसमेत हुनुपर्ने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ