arrow

भाटभटेनीबाट सामान खरिद गर्दा सनराइज बैंकका ग्राहकलाई छुट

logo
प्रकाशित २०७७ असोज २४ शनिबार
sunrise-bhatbhateni.jpg

काठमाडौं। भाटभटेनी सुपरमार्केटबाट सामान खरिद गर्दा सनराइज बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । सनराइज बैंकले दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र डिपार्टमेन्टल स्टोरसँग छुटका लागि सहकार्य गरेसँगै सनराइज बैंकका ग्राहकलाई भाटभटेनीबाट सामान खरिद गर्दा छुट पाइने भएको हो। सनराइज बैंकले कार्ड तथा ई–बैंकिङ्ग क्षेत्रमा नबिनतम् सेवाहरु सुरु गर्दै लैजाने योजना अनुसार आगामी चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना प्रस्तुत गरेको सनराइज बैंकले जानकारी दिएको छ।

उक्त योजना अन्तर्गत बैंकका ग्राहकहरुले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरबाट सामान खरिद गरी आफ्ना डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउने भएका हुन्। सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुसी बाँड्न आइतबार (२५ असोज) देखि आगामी ११ कार्तिकसम्मको लागी उक्त योजना ल्याएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ