arrow

सनराइज बैंकका ग्राहकले बस र हवाई टिकटमा विशेष छुट पाउने

logo
प्रकाशित २०७७ असोज २७ मंगलबार
sunrise-cashback.jpg

काठमाडौं। सनराइज बैंकले हवाई टिकेट र बस टिकेटमा क्यासब्याक अफर ल्याएको छ। बैंकले दशैं र तिहारलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो। स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानस्वरुप चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको अफर ल्याएको जानकारी दिएको छ। सनराइज बैंकका ग्राहकहरुले सनराइज स्मर्ट एपको प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रति बस टिकट २ सय रुपैयाँ हवाई टिकटमा प्रतिटिकट ३ सय रुपैयाँका दरले क्यासब्याक प्राप्त गर्न सक्ने सनराइज बैंकले जानकारी दिएको छ।

कोभिड १९ ले धेरै क्षेत्र र व्यक्तिहरुको आर्थिक अवस्थामा प्रभाव परिरहेको वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरुको खुशीमा उत्साह उमंग थप्ने विश्वास लिएको बैंकले जानकारी दिएको छ। सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकसँग खुशी बाँड्ने उद्येश्यसहीत २५ असोज देखि आगामी ११ कार्तिकसम्मको उक्त अफर लागु हुने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ