arrow

सनराइज बैंकको एकै दिनमा ३ शाखा बिस्तार

logo
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
sunrise-branch-opening.jpg

काठमाडौं। सनराइज बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा एकै दिनमा ३ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ। आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले देशका विभिन्न भागमा शाखाहरु सञ्चालन गर्दै आइरहेको कम्पनीले जनाएको छ।

नयाँ शाखा विस्तार संगै बैंकको एक सय ३९ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र  एक सय ६१ वटा एटिएम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु सञ्चालन गर्ने योजना रहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ