arrow

सनराइज बैंकको एक सय ३९ औं शाखा बाग्लुङ्गमा

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
sunrise-branch-baglung.jpg

काठमाडौं। आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्राय साथ सन्राइज बैंकले बाग्लुङ्गमा एक सय ३९औं शाखा संचालनमा ल्याएको छ। बैंकले गण्डकी प्रदेशको बाग्लुङ्ग नगरपालिका वडा नं २ मा शाखा खोलेको हो। साथै, बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका–७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको कम्पनीले जनाएको छ।

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिमा बैजनाथ वडा नं ७ का कार्यकारी वडा अध्यक्ष गोपाल थारुको उपस्थिति रहेको थियो। बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि नरेन्द्र कुमार चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी संचालनमा ल्याएको हो। उक्त सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ।

नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवाको संचालनसंगै बैंकको १३९ वटा शाखा, ५२ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र एटिएमहरु संचालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ