arrow

पत्रकार लौडारीलाई पितृशोक, युनियनद्वारा दुःख व्यक्त 

logo
प्रकाशित २०७७ मंसिर २८ आइतबार
gangaram-laudari-died.jpg

पोखरा । नेपाल प्रेस युनियन गण्डकी प्रदेश पार्षद् हिमनिधि लौडारीलाई पितृशोक परेको छ । उनका बुबा गंगाराम लौडारीको ८७ वर्षको उमेरमा शनिबार निधन भएको हो । नेपाल प्रेस युनियनले लौडारी परिवारमा परेको पितृशोकप्रति दुःख व्यक्त गरेको छ । 

युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले एक शोक विज्ञप्ति निकाल्दै स्वर्गीय लौडारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् । 

त्यस्तै कास्की शाखाका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा जारी विज्ञप्तिमा दिवंगत आत्माको शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । 

उच्च रक्तचापको कारण पीडित लौडारीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा  निधन भएको परिवार श्रोतले बताएको छ । 

तनहुँ जिल्ला भानु नगरपालिका वडा नं १० लामास्वाँरा निवासी स्व. लौडारीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ