arrow

चिनियाँ टोलीले कांग्रेस सभापति देउवालाई भेट्यो, चीन भ्रमणका लागि सी चिनफिङको निम्तो

logo
प्रकाशित २०७७ पुष १४ मंगलबार
Deuwa_and_CCP.jpg

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत भेट गरेको छ। मंगलबार विहान चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले बुढानिलकण्ठस्थित निवासमै पुगेर कांग्रेस सभापति देउवासँग भेट गरेको हो । भेटमा सभापति देउवासहित नेता डा. नारायण खड्का र परराष्ट्रविद् दिनेश भट्टराई सहभागी थिए ।

भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको र चिनियाँ टोलीले पछिल्लो घटनाक्रमबारे कांग्रेसको धारणा बुझ्न खोजेको बताइएको छ ।

भेटघाटका क्रममा अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुरा भएको उपलक्ष्यमा आयोजना हुने कार्यक्रमका लागि राष्ट्रपति सी जिनपिङले देउवालाई पठाएको निम्तो सुनाएका थिए । सो क्रममा देउवाले भने शुभकामना व्यक्त गरेका थिए । चिनियाँ कम्युनिष्ट पार्टीले सन् २०२१ मा पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेको छ ।

देउवाका सहयोगी भानु देउवाले सभापतिले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एकसय वर्ष पुरा भएको उपलक्ष्यमा बधाइ तथा शुभकामना व्यक्त गरेको जानकारी दिए ।

भेटका क्रममा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने र नेपाली कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध थप सुद्रिढ गर्नेलगायतका दुई पक्षीय हितका विषयमा कुराकानी भएको देउवाको निजी सचिवालयले जनाएको छ ।

गत आइतबार काठमाडौं ओर्लिएका चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्को नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायतलाई भेटिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ