arrow

सरकारले गणतन्त्र नै धरापमा पार्‍यो: जितेन्द्र देव 

देशलाई कसले रेस्क्यु गर्छ ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १७ शुक्रबार
jitendra-dev.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले सरकारको व्यवहारले मुलुकमा लामो संघर्षबाट आएको लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको बताएका छन् । शुक्रबारबाट सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशनको बैठकमा उनले संसद विघटनको घटनापछि देश नै अप्ठ्यारो अवस्थामा परेकाले देशलाई कसले रेस्क्यु गर्छ र रेस्क्यु हुन्छ की हुँदैन भन्ने प्रश्न उठेको बताए । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट आफ्नो धारणा राख्दै नेता देबले को मन्त्री बन्ने कसले के पद पाउने भन्ने तर्फबाट मात्र नेकपा नेताहरु अघि बढ्दा देशमा यो अवस्था आएको बताए । देवले प्रतिनिधि सभा विघटनले देशमा राजनीतिक दुर्घटनाको अवस्था आएको र देश कालो तुँवालो भित्र, दिशाहीन रुपमा मडारिरहेको बताए ।

पछिल्लो घटनाक्रम पछि उत्तर र दक्षिणबाट फास्ट्रयाकमा चलखेल सुरु भएकाले यसले नेपालको राष्ट्रियता बलियो नहुने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ