arrow

‘यु विल नेभर वाल्क अलोन’ गायक गेरी मार्सडन गए एक्लै  

logo
प्रकाशित २०७७ पुष २० सोमबार
gerry-mardsen.jpg

काठमाडौं । गायक मेरी मार्सडनको ७८ वर्षको उमेरमा निधन भएको छ । ‘यु विल नेभर वाल्क अलोन’ गीतका गायक मार्सडनको आइतबार निधन भएको उनको परिवारले जनाएको छ । बेलायती यी गायकको मृत्यु कोरोना भाइरसका कारण भने नभएको पनि स्पष्ट पारिएको छ । 

बीबीसीले लेखेअनुसार उनले घरेलु क्लब लिभरपुलका लागि राष्ट्रिय गानसमेत गाएका थिए । उनको ब्याण्डले ठूलो सफलता हासिल गरेको थियो । सन् १९६३ मा उनका पहिलो तीन गीत चार्ट बस्टर्ड भएका थिए । 

मार्सडेनकी छोरी वाइभेट्टे मार्बेकका अनुसार बक्सिङ डेका दिन परीक्षणपछि उनको रगतमा गम्भीर संक्रमण देखिएको थियो जुन मुटुमा गइसकेको थियो । 

उनले अस्पतालमै प्राण त्यागेका थिए । लिभरपुलले पनि दुःख व्यक्त गरेको छ । उनी सधैभरि आफूहरुसँगै जिवित रहने पनि क्लबले उल्लेख गरेको छ । तिमी कहिल्यै एक्लै हिँड्नु पर्ने छैन भनी क्लबले लेखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ