arrow

इरानले २० प्रतिशत शुद्ध युरेनियम उत्पादन थाल्यो

logo
एजेन्सी,
प्रकाशित २०७७ पुष २० सोमबार
iran-president.jpg

काठमाडौं । इरानले युरेनियमको शुद्धिकरण २० प्रतिशतमा पुर्‍याएको छ । सन् २०१५ मा विश्वशक्तीहरुसँग भएको आणविक सम्झौतामा इरानलाई ३ देखि ५ प्रतिशतसम्मको सिमितता दिइएको थियो ।

२० प्रतिशत शुद्ध युरेनियम आणविक रिएक्टरको इन्धन बनाउँन एवं आणविक बम बनाउँन समेत प्रयोग हुन्छ । हतियार ग्रेडको युरेनियमको शुद्धता ९० प्रतिशत हुन्छ ।

इरानसँगको आणविक सम्झौताबाट सन् २०१८ मा अमेरिकाले हात झिकेको थियो । मध्यपूर्वमा निशाना बनेको अवस्थामा  एवं शक्तिशाली व्यक्तित्व गुमाएको इरानले २० प्रतिशत शुद्ध युरानियम उत्पादन गर्न थालेको हो ।

अन्तर्राष्ट्रिय एटोमिक इनर्जी एजेन्सीले यसबारे केही भनेको छैन् । तर, इरानले २० प्रतिशत शुद्ध युरेनियम उत्पादन गर्ने कुरा यसअघि नै सुचित गरिसकेको एक वाचडगले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ