arrow

ट्रम्पलगायत ४८ अमेरिकी अधिकारीहरुलाई पक्राउ गर्न इन्टरपोलमा नोटिस

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
trump_and_iran.jpg

काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत ४८ अमेरिकी अधिकारीहरुलाई पक्राउ गर्न अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई सुचना जारी गरेको छ । इरानी न्यायपालिकाका प्रवक्ता  घोलाहोसेन इस्माइलीले मंगलबार प्रेस सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

गत वर्ष अमेरिकी ड्रोन आक्रमणबाट इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानीको हत्या भएको थियो । सो हत्यामा भुमिका खेलेको आरोपमा ४८ जनाको पक्राउका लागि इन्टरपोलमा सुचना दिएको प्रवक्ता इस्माइलीले बताएका छन् ।

यो अपराधको निर्देशन दिने र कार्यान्वयन गर्नेलाई दण्ड दिन इस्लाम प्रतिवद्ध छ, उनले भनेका छन् । इस्लामी क्रान्तिकारी गार्डको विदेशी अपरेशन नेतृत्व गर्ने सुलेमानीको सन् २०२० को जनवरी ३ मा ट्रम्पको निर्देशनमा हत्या भएको थियो । यो हत्या अन्तराष्ट्रिय कानुनको विरुद्ध मानिन्छ ।

यसअघि गत जुनमा पनि तेहरान (इरानको राजधानी)का अभियोजक अलि अल्कासिमेहरले ट्रम्पसहित दर्जनौं अमेरिकी अधिकारीहरुको पक्राउका लागि इन्टरपोलमा सुचना जारी गरेको थियो । तर, फ्रान्स आधारित इन्टरपोलले यो अस्विकार गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ