arrow

अमेरिकी बमवर्षक विमान मध्यपूर्वको आकासमा उड्यो, इरानमाथि आक्रमणको खतरा

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
US-Bomber.jpg

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा इरानमाथि आक्रमण गर्नसक्ने खतरा रहेको चर्चा चलिरहेका बेला मध्यपूर्वको आकासमा अमेरिकी बमवर्षक विमान उडेको छ ।

अमेरिकी रक्षा विभाग अन्तर्गतको केन्द्रिय कमाण्डले मध्यपूर्वमा बमवर्षक विमानको उपस्थिती भएको बताएको छ । सन् २०२१ मा दोस्रो पटक अमेरिकी बी ५२ विमान मध्यपूर्वमा उडेको हो ।

गत डिसेम्बरयता निरन्तररुपमा अमेरिकी बमवर्षकको उपस्थिती मध्यपूर्वमा बड्दै आएको छ । खासमा इरानलाई खतरा महशुस गराउँन अमेरिकाले यस्तो गरेको थियो ।
सन् २०२० को जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानी सेना प्रमुख कसिम सुलेनमानीको हत्या भएको थियो । 

इरानले आक्रामक बदला लिने भनेको यो घटनाको एक वर्षपुग्दा (जनवरी३)मा इरानले कुनै कदम चाल्न सक्ने आशंकमा अमेरिकाले बमवर्षक इरान आसपासका क्षेत्रमा उडाएको थियो ।

पछिल्लो पटक हिजो (आइबार)मात्रै उक्त विमान मध्यपूर्वमा उडेको हो । अमेरिकी बमवर्षक इरानी आकास नजिकै उडेपछि अमेरिकाले डराउने युक्तीमा पैंसा खेर फाल्नुभन्दा अमेरिकी नागरिकको स्वास्थ्य सुरक्षाका लागि काम गर्न उचित हुने प्रतिकृया दिएको छ ।

ट्रम्पले आफ्नो कार्यकालको अन्तिमतिर इरानमाथि आक्रमण गर्न सक्ने खतरा भएको आशंका गरिँदै आएको छ । २० जनवरीमा ट्रम्पले ह्वाइटहाउस छोड्दै छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ