arrow

ट्रम्पले इरानमाथि ‘खतरनाक’ आक्रमण गर्न सक्ने

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
USA-Iran.jpg

काठमाडौं । आफ्नो कार्यकालको अन्तिम समयतिर आइपुग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि खतरनाक आक्रमण गर्न सक्ने चेतावनी अधिकारीहरुले दिएका छन् ।

इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानीको हत्या भएको एक वर्षपूराभएका बेला तेहरान र वासिंगटनबीच तना समेत सिर्जना भएको छ ।

सन् २०१९ को जनवरी ३ मा अमेरिकी ड्रोन हमलाबाट सुलेमानीको हत्या भएको थियो । यसको जिम्मा ट्रम्पले लिएका थिए ।

गत डिसेम्बरमा अमेरिकी हवाइ हमला (बमबर्षक) गर्ने विमान बोइङ५२ तीनपटक खाडीको आकासमा उडेको थियो । गत बिहिबार मात्रै पनि उक्त बमबर्षक इरान आसपासको आकासमा उडेको थियो ।

सुलेमानीको हत्या भएको १ वर्षपुगेका बेला इरानले आक्रमक गतिविधि गर्न सक्ने भन्दै त्यसविरुद्ध डर देखाउँन ट्रम्प प्रशासनले बमबर्षक खाडीमा पठाएको बताइएको थियो ।

यस्तैमा अहिले ट्रम्प आफ्नो कार्यकालको अन्तिम समयमा रहदा साउदी अरेबिया र इजरायलको मागअनुरुप ट्रम्पले इरानमाथि आक्रमण गर्नसक्ने नर्थवेस्टर्न विश्वविद्यालयको अन्तर्राष्ट्रिय र क्षेत्र अध्ययन केन्द्रक सहायक निर्देशक ड्यानी पोष्टेलले बताए ।

आफ्नो कार्यकालको अन्तिम समयमा ट्रम्पले जस्तो सुकै कदम पनि चाल्न सक्ने उनले बताएका छन् ।

शनिबार इरानी विदेशमन्त्री मोहम्मद जावद जरीफले इजरायली एजेन्टहरुले ट्रम्पलाई उस्काइरहेको बताएका छन् । जरीफले ट्रम्पलाई मेन्सन गर्दै भनेका छन्, ‘सावधान कुनै पनि आक्रमणको बदला झनै खतरनाक हुनसक्छ ।

इरानका अधिकारीहरुले सुलेमानीको हत्याको कडा बदला लिने वाचा गरेका छन् । हत्याको एक वर्षपुग्दा इरानले कुनै कडा कदम चाल्न सक्ने भन्दै ट्रम्प प्रशासन सतर्क बनेको थियो ।

अहिले अमेरिकी राष्ट्रपतिमा जोय बाइडेन चुनिएका छन् । उनले इरानलाई आणविक सम्झौतामा पुन फर्काउने प्रतिवद्धता गरेका छन् । ट्रम्पले सन् २०१८ मा इरानसँगको आणविक सम्झौताबाट हात झिकेका थिए ।

बाइडेन इरानसँग सकारात्मक देखिएका कारण तेहरानले अहिले कुनै कडा कदम नचाल्ने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ