arrow

ओलीले जबजलाई आन्द्राभुडी निकालेर सिंगारिएको बाख्रा जस्तो बनाएः घनश्याम भुसाल

logo
सन्जय भट्टराई
प्रकाशित २०७७ पुष २० सोमबार
ghanashyam-bhusal1.jpg

नवलपुर। नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले जनताको बहुदलीय जनवादलाई आन्द्रा भुडी निकालेर सिंगारिएको बाख्रा जस्तो बनाएको आरोप लगाएका छन् । नेकपा (दाहाल-नेपाल) समूहले सोमबार पूर्वी नवलपरासीको देवचुलीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादबाट क्रान्तिकारी विचार हटाएर आन्द्रा भुँडी निकालेको बाख्राजस्तो बनाएको आरोप लगाएका हुन् । भुसालले ओलीको यो तरिकाले कुनै हालतमा समाजवादको अन्तिम लक्ष्यमा पुग्न नसकिने बताए ।

कार्यक्रममा भुसालले ओलीको जस्तो निकृष्ट चरित्र, तानाशाही प्रवृत्ति र टुक्का प्रदर्शनले २१ शताब्दीको समाज चल्न नसक्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विरोध गर्ने सबैलाई कुर्तक गरेर ठुंग्ने प्रवृत्ति अंगालेकै कारणले ओलीले पार्टीमा बहुमत गुमाउदै गएको जिकिर गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  संसद विघटन गरेर मुलुकलाई डरलाग्दो संकटतर्फ धकेलेको आरोप लगाउदै नेता भुसालले ओलीको असंवैधानिक कदम र हठी स्वभावका कारण मुलुक अस्थिरतातर्फ धकेलिएको जिकिर गरे । जनताको मतलाई लत्याउदै संविधान मिचेर गराउन लागेको निर्वाचनको कुनै औचित्य नरहेको उल्लेख गर्दै वैशाखमा निर्वाचन हुनै नसक्ने बताए । 

नेता भुसालले अबको समाधान संसद पुनर्स्थापना भएको उल्लेख गर्दै वैशाख भित्रै संसद पुनर्स्थापना भएर देशले निकास पाउने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ