arrow

ओली आफ्नै प्रदेशमा कमजोर, जिल्ला इन्चार्ज पाउनै मुस्किल

प्रदेश एकमा कमजोर देखिए ओली

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २२ बुधबार
kp_oli3.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै प्रदेशमा कमजोर देखिएका छन् । आफ्ना पूर्व सहकर्मीहरुको तुलनामा प्रदेश एकमा ओली निकै कमजोर देखिएका हुन् । प्रदेश १ को जिल्ला नेतृत्वमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह निकै बलियो देखिएको छ ।

प्रदेशका १४ जिल्ला इन्चार्जमध्ये १३ जना प्रचण्ड–नेपाल समूहमा देखिदा १ जना मात्रै  केपी शर्मा ओलीको समूहमा देखिएका छन् । खोटाङका इन्चार्ज विशाल भट्टराई मात्र ओली समूहमा खुलेका छन् । सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम र झापाका इन्चार्ज दाहाल–नेपाल पक्षमा देखिएका छन् ।

प्रचण्ड–नेपाल समूहमा जिल्ला अध्यक्षहरुमा ताप्लेजुङ– खेलप्रसाद बुढाथोकी, सुनसरीका योगेन्द्र मण्डल, तेह्रथुमका लक्ष्मण तिवारी, संखुवासभाका हेमराज घिमिरे, उदयपुरका विनोद कटुवाल खोटाङका देवान चाम्लिङ, ओखलढुंगाका मोहनकुमार खड्का खुलेका छन् । त्यस्तै ओली समूहका जिल्ला अध्यक्षहरुमा पाँचथरमा राजकुमार भण्डारी, इलाममा राम राना, झापाका चिन्तन पाठक मोरङका ऋषिकेश पोखरेल, भोजपुरका प्रेमकुमार राई र सोलुखुम्बुका मानवीर राई रहेका छन् । ओली पक्षमा सोलुखुम्बूको जिल्ला कमिटीचाहि बलियो देखिएको छ ।

जिल्ला अध्यक्षमा भने दुवैको ‘हैसियत’ समान जस्तै देखिएको भएपनि अधिकांशमा ओली पक्ष कमजोर रहेको छ । प्रचण्ड –नेपाल समूहमा ओखलढुंगा, खोटाङ, उदयपुर, संखुवासभा, तेह्रथुम, सुनसरी र ताप्लेजुङका अध्यक्ष देखिएका छन् । यस्तै, ओली समूहमा सोलुखुम्बु, धनकुटा, मोरङ, भोजपुर, पाँचथर, इलाम र झापाका अध्यक्ष खुलेर लागेका छन् ।

प्रदेश १ को जिल्ला सचिव पनि दाहाल–नेपाल समूहकै बढी छन । उक्त समूहमा ११ जिल्ला सचिव खुल्दा ओली समूहमा दुई जना मात्रै छन् । प्रदेशसभामा ओली समूह अल्पमतमा देखिएको छ । अधिकांश जिल्ला सचिव र इन्चार्ज तथा अध्यक्षहरु प्रचण्ड–नेपाल पक्षमा खुलेर लागेका छन् । उदयपुरका जिल्ला सचिव इश्वरमणी राउत यसअघि ईश्वर पोखरेल समूहमा भएपनि अहिले खुलरै प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ