arrow

प्रदेश नं १ मा १९ जना संक्रमित थप

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
covid-test-corona.jpg

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १९ जना कोरोना संक्रमित थपिएका छन् ।  उक्त अवधिमा गरिएको २३५ जनाको पीसीआर परीक्षणमा एक महिला र १८ पुरुष गरी १९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थप संक्रमितहरुमा मोरङको विराटनगरमा पाँच र सुनसरीमा पाँच, झापा र इलाममा चार÷चार र प्रदेश बाहिर एक रहेका छन् ।

प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या २९७ जना छन् । यस प्रदेशमा सोही अवधिमा ५१ जना संक्रमित निको भएका छन् भने उनीहरु होम आइसोलेसन ४७ र विभिन्न कोभिड अस्पतालबाट घर फर्केका मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २९ हजार ६०२ पुगेको छ ।

यसप्रदेशमा अहिलेसम्म दुई लाख ११ हजार ३२३ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न  गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ