arrow

सनराइज बैंकले ५.८ प्रतिशत बोनस सेयर बाँड्ने

logo
प्रकाशित २०७७ पुष २५ शनिबार
sunrise-bank-agm-2021.jpg

काठमाडौं। सनराइज बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा शुक्रबार साधारण सभा सम्पन्न भएको हो।

उक्त साधारण सभाले बैंकको चुक्ता पूँजीको ५.८० प्रतिशतका दरले हुने ५२,०१,३३,०६३.२९ (अक्षरेपी बाउन्न करोड एक लाख तेत्तीस हजार त्रिसठ्ठी रुपैयाँ उनान्तीस पैसा) रुपैयाँ बराबरको बोनस शेयर तथा चुक्ता पूँजीको २.४८ प्रतिशतका दरले हुने नगद लाभांश २२,२४,०१,७२३.६२ (अक्षरेपी बाईस करोड चौबीस लाख एक हजार सात सय तेइस रुपैयाँ बैसठ्ठी पैसा) रुपैयाँ (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।

प्रतिष्ठित व्यावसायिक घरानाहरु, संस्थापक तथा कुशल व्यवस्थापक रहेको यो बैंक २०६४ साल असोज २५ गते स्थापना भएको थियो। यस बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ९६ करोड रूपैयाँ रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजीमा बृद्धि भई ९,४८,७९,४४,४९९.३९ रुपैयाँ कायम हुन गएको बैंकले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

देशको विभिन्न क्षेत्रमा छरिएर रहेका सर्वसाधारण वर्ग, कृषि जन्य उद्योग, साना तथा मझौला उद्योग, जलविद्युत आयोजना, व्यापार व्यवसायमा संलग्न व्यापरिक घराना समेतलाई बैंकको सेवामा आवद्ध एवं समाहित गर्दै सर्वसुलभ तवरले बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यलाई निरन्तरता दिँदै बैकले हाल एक सय ३९ वटा शाखा, ६१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर,  एस सय ६१ वटा एटिएम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्र्दै आइरहेको पनि बैंकले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ