arrow

कम्युनिष्टहरुको सत्ता स्वार्थले देशलाई राजनीतिक दुर्घटनामा पारेः डा महत 

logo
प्रकाशित २०७७ पुष २५ शनिबार
prakash-sharan-mahat1.jpg

नुवाकोट । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशहरण महतले केपी ओली नेतृत्वको सरकार तानाशाही हो भनेर कांग्रेसले घोषणा गरेको स्मरण गर्दै त्यसको परिणाम अहिले देखिएको बताएका छन् । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ खद्धारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महतले भने– हामीले त यो कम्युनिष्ट सरकार बनेदेखि नै यो तानाशाही सरकार हो भनेका थियौँ, तर जनताले पत्याएनन् आज स्पष्टै देखियो । 

कम्युनिष्ट सरकार अधिनायकवादी र तानाशाही हुन्छ भन्ने कांग्रेसको शुरुकै अनुभव हो उनले भने । त्यसैले हामीले शुरुमै विरोध गर्दा जनताले यो सरकारले केही गर्‍थ्यो कि कांग्रेसले विरोध गर्यो भन्ने गरेका थिए, जुन कुरा भ्रम मात्र थियो । आफूलाई झुक्याएको कम्युनिष्ट सरकार अब भने नेपाली जनताले छर्लंग देखेको उनले बताए । आफू सत्तामा नरहने अवस्था आएपछि संसद नै विघटन गरिदिएको प्रधानमन्त्री केपी ओलीको शैलीले अब देशमा कम्युनिष्ट सर्वसत्तावादका धेरै कुरा नेपाली जनताका बीचमा खोलेको उनले बताए । 

सरकारका अनियमितता र भ्रष्टाचारका एकपछि अर्को काण्ड बाहिर आइरहे पनि आफू प्रधानमन्त्री हुने आशमा रहेर प्रचण्ड र माधव नेपालले विरोध नगरेको तर जब ओलीले नछोड्ने चाल पाएपछि तबमात्र पार्टी बैठकमा प्रतिवेदन नै लेखेर प्रचण्डले ओली सरकारका भ्रष्टाचार खोलेको डा महतले आरोप लगाए । 

ओली कुनै हालतमा सत्ता छोड्ने मानसिकतामा नरहेको तर प्रचण्ड र माधवलाई सत्ता चाहिएको कारणले आज देश यसरी राजनीतिक दुर्घटनामा परेको उनले बताए । उनले भने– हामीलाई आशंका छ ओलीले चुनाव गर्न सक्दैनन् । तर सर्वोच्चको निर्णयसम्म मात्र हामीले पर्खिएको हो त्यसपछि हामी जनतामाझ जान्छौँ । कांग्रेसले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गरेको र सर्वोच्च अदालतको फैसला आएपछि भने चुनावलाई अवसरका रुपमा लिएर कांग्रेस जनतामाझ जाने बताए । 

नेपाली कांग्रेस वर्तमान संविधान जारी गरेको पार्टी भएकोले यसको रक्षा र देशमा लोकतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि कांग्रेसले सर्वोच्चको फैसला कुरेर सोही बमोजिम जनतामा जाने योजनामा रहेको उनले बताए । यो सरकार इतिहासमै सबैभन्दा बढी भ्रष्टाचारी रहेको उनको आरोप थियो । डा महतले भने– अहिले लाख, करोडको कुरा हुदैन देशमा भ्रष्टाचार अरबमा भइरहेको छ । देशलाई लकडाउन गर्ने, संसद बन्द गरिदिने अनि निस्फिक्री भ्रष्टाचार गर्ने यही हो सरकारको काम । सरकारले सत्ता संघर्षमै सम्पूर्ण ध्यान लगाएको तर जनतालाई चुनावमा दिएका आश्वासनका बारेमा कुनै वास्ता नै नगरेको डा महतको भनाई थियो । 

सो सभालाई नेपाली काँग्रेसको नुवाकोट क्षेत्र नं १ का क्षेत्रीय सभापति अर्जुन न्यौपाने तथा नेपाल विद्यार्थी संघ नुवाकोटका अध्यक्ष उत्तम पाठक लगायतका नेताहरुले सम्बोधन गर्दै जनतालाई गफ दिने र सत्तामा रमाउने मानसिकतामा रहेका कम्युनिष्टहरुले सत्ता स्वार्थकै कारण देशलाई राजनीतिक दुर्घटनामा पारेका बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ