arrow
ADVERTISEMENT

प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली कांग्रेस रसुवाले गर्‍यो बिरोध प्रदर्शन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २५ शनिबार
nc-rasuwa-mohan-acharya.jpg

रसुवा । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेस रसुवाले बिरोध प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदम विरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत कांग्रेसले जिल्लाको कालिका गाउँपालिका २ घुम्तीमा बिरोध प्रदर्शन गरेको हो ।

बिरोध प्रदर्शनमा जिल्लाको प्रदेश क र ख का नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता घुम्तीमा उपस्थित भएका थिए । प्रदेश क का नेता तथा कार्यकर्ताले जिबजिबे बजार हुदै घुम्ती बजारसम्म र प्रदेश ख का नेता तथा कार्यकर्ताले कालिकास्थानदेखि घुम्तीबजारसम्म बिरोध प्रदर्शन गरेका थिए ।

बिरोध प्रदर्शनपछि आयोजित सभालाई नेपाली कांग्रेस रसुवाका जिल्ला पार्टी सभापति पेम्बा छिरिङ तामाङ, संघिय सांसद मोहन आचार्य, प्रदेशसभा सांसद प्रभात तामाङ, नेताहरु लामाकार्पु तामाङ, बालचन्द्र पौडेल, जनकजीवन उपाध्याय लगायतले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताए ।

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ