arrow

ओलीको गल्तीमा प्रचण्ड–नेपाल पनि दोषी – पूर्वमन्त्री बलायर

logo
प्रकाश बम, 
प्रकाशित २०७७ पुष २६ आइतबार
bir-bahadur-balayar2.jpg

डोटी । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले अहिलेको समयमा प्रतिनिधि सभाको निर्वाचनको विकल्प नरहेको बताएका छन् । नेपाली कांगेसको देशव्यापी विरोध प्रदेश निर्वाचन केन्द्र स्तरीय प्रदर्शन कार्यक्रम अन्तर्गत डोटीको प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रले दिपायलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘ओलीले नहुनु गरिहाले, यसमा उनको मात्रै होईन प्रचण्ड–माधवहरुको पनि उत्तिकै दोष छ,’ उनले भने, ‘अब संसद पुनःस्थापना भईहाले पनि त्यसबाट फेरि जाने बाटो भनेकै निर्वाचन हो । त्यो अहिलेको अवस्थामा अपरिहार्य छ ।’

वर्तमान सरकारबाट निर्वाचन सम्भव नभएको उनले बताए । ‘विधि, पद्धति, संवैधानिक व्यवस्था, आचरण, नैतिकता सबैको चरमसीमा नाघेर अघि बढेको सरकारबाट चुनाव हुन्छ भन्ने विश्वास नगरौँ । त्यसका लागि चुनावी सरकार आवश्यक छ,’ उनले भने ।

कम्युनिष्टहरू नेपालका लागि अभिषाप भएको पुष्टी भएको पनि पूर्वमन्त्री बलायरले बताए । ‘नेपाली जनताले कम्युनिष्टको झुटो आश्वासनका भरमा विश्वास गरेर झण्डै दुईतिहाईको बहुमत दिए,’ उनले भने, ’त्यसको चरम खेलबाड कम्युनिष्टहरुले गरेको जनताले बुझेका छन् ।’ त्यसैले देश र जनताले कांग्रेसतर्फ हेरिरहेको उनले बताए ।

कांग्रेस अहिलेको परिस्थितीमा केवल प्रधानमन्त्री ओलीको मात्र विरोधमा नभई समग्र कम्युनिष्ट प्रबृत्तिकाविरूद्ध आन्दोलन गरेर जनतालाई सचेत पारिरहेको उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता महासमिति सदस्य रामप्रसाद उपाध्यायले कम्यूनिष्टहरुले आफ्नो प्रबृत्ति दर्शाउन कुनै कसर बाँकी नराखेको बताए । उनले भने, ‘कम्युनिष्टको सर्वसत्तावादी, अलोकतान्त्रिक, भ्रष्ट र फासिस्ट स्वभाव पूर्णरूपमा प्रदर्शित भएको छ ।’

कार्यक्रमको अध्यक्षता गरिरहेका नेपाली कांग्रेसका क्षेत्रीय सभापति विजय खड्काले कम्युनिष्ट सरकारहरु प्रदेशदेखि संघसम्म असफल भएको बताए ।

कार्यक्रममा नेताहरू प्रसीस महरा, कुमारसिँह टेलर, माया कुँवर, लक्ष्मण सिँह, विरेन्द्र शाह, दीर्घ बलायर, राम रोकाया, गणेश खड्का, डम्बर बिक, धौलीदेवी रावल, राजेन्द्र खड्का, चक्रबहादुर माझी लगायतले मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ