घरको वातावरण तनावग्रस्त छ, एक प्रक्रियाले गर्न सकिन्छ निर्मूलन

स्वभावदोष निर्मूलन प्रक्रिया के हो एवं किन महत्त्वपूर्ण छ ?


प्रकाशित

काठमाडौं । स्वभावदोषका कारण परिवारको सदस्यहरुको स्वभावदोषको कारण उनीहरुसँग सुसंवाद गर्नमा अवरोध आउँदछ । परिवारको कुनै व्यक्ति रिसाउँछ भने त्यो एक व्यक्तिको कारणले गर्दा घरको वातावरण तनावग्रस्त हुनेछ र पारिवारिक स्वास्थ्य बिग्रिन्छ । व्यक्तिको स्वभावदोषको कारण उससँग सम्पर्कमा आउँने प्रत्येक व्यक्तिलाई कष्ट हुन्छ । यस प्रकार उक्त व्यक्तिको स्वभावदोषले समाजको स्वास्थ्य बिगार्दछ ।

स्वभावदोषको कारण विवेक बुद्धि कमजोरी हुन्छ ।  जीवनमा कुनै पनि कृतिलाई उचित प्रकारले कसरी गर्ने यो बुद्धिद्वारा थाहा पाउँछौं । कुनै प्रसंगमा कृति हुनु भन्दा पूर्व निम्न प्रक्रिया हुन्छ । पञ्चज्ञानेन्द्रियद्वारा मस्तिष्कमा आउँने सम्वेदना, पञ्चसूक्ष्म-ज्ञानेन्द्रियद्वारा बाह्यमनसम्म पुग्दछ वा बाह्यमनलाई प्रतीत हुन्छ । बाह्यमनबाट अन्तर्मनमा गएपछि त्यो वासना, रुचि-अरुचि, स्वभाव इत्यादि केन्द्रहरुसम्म पुग्दछ । त्यो विशिष्ट केन्द्रको संस्कारानुसार त्यो सम्वेदनामा परिवर्तन हुन्छ ।

स्वभाव केन्द्रबाट त्यो सम्वेदना बुद्धि केन्द्रमा पुगेपछि त्यो सम्वेदनाको सन्दर्भमा कुन कृति गर्ने यो अन्तमा बुद्धिकेन्द्र निश्चित गर्दछ । बुद्धिकेन्द्रद्वारा लिएको निर्णय पञ्चसूक्ष्म-कर्मेन्द्रियद्वारा मस्तिष्कसम्म पुग्छ । मस्तिष्कलाई प्राप्त सम्वेदना अनुसार व्यक्ति पञ्चकर्मेन्द्रियद्वारा कृति गर्दछ ।

अन्तर्मनमा वासना, रुचि-अरुचि, स्वभाव, विशेषता वा लेन-देन संस्कार केन्द्रबाट आउँने सम्वेदनाहरुको तीव्रता अनुसार बुद्धिद्वारा लिएको निर्णय निर्भर गर्दछ । यसले स्वभाव अन्तर्गत मनमा भएको दोष वा गुण अनुसार बुद्धिलाई पनि प्रभाव पार्छ । यदि स्वभावदोष अधिक छ भने बुद्धि द्वारा जति स्पष्ट भए पनि अमुक कृति या प्रतिक्रिया अयोग्य हो, तब पनि अयोग्य कृति या प्रतिक्रिया बार-बार भईरहन्छ । त्यसैले मनमा स्वभावदोषहरुको नभई विवेकबुद्धिको प्रभाव बढाउँनको लागि स्वभावदोष-निर्मूलन अनिवार्य छ ।

 स्वभावदोषका कारण  हुने शारीरिक, मानसिक, बौद्धिक, पारिवारिक, सामाजिक र आध्यात्मिक दुष्पपरिणाहरु हटाई, सफल वा सुखी जीवन जीउँनको लागि, स्वभावदोषहरु हटाएर चित्तमा गुणहरुको संस्कार निर्माण गर्ने प्रक्रियालाई ‘स्वभावदोष (षड्रिपु)-निर्मूलन प्रक्रिया’ भनिन्छ ।

स्वभावदोषको कारण शारीरिक रोग पनि निर्माण हुन सक्छ । यसलाई ‘मनोवैज्ञानिक विकार’ (Psychotic Disorder) भनिन्छ । यदि चिन्ता गर्ने स्वभाव छ भने शरीरको सबै संस्थाहरुमा त्यसको दुष्परिणाम हुन्छ र त्यसले अल्सर, दम, हृदयविकार, उच्च रक्तचाप इत्यादि रोग निर्माण हुन्छ ।

यसले मानसिक रोग हुने, जीवन तनावग्रस्त हुने, व्यसनाधीनता, स्वभावदोष नहटाउँने, अर्थात् वर्तमान वा आउँने जन्महरुमा त्यसको बोझ बढ्नेछ । यस प्रकार प्रत्येक जन्ममा स्वभावदोषहरुको संस्कार दृढ हुन्छ । यहि जन्ममा नै आफ्नो स्वभावदोष हटाउन प्रयास गरेन भने यो जन्ममा जन्मा भएको ब्याजको साथ यी स्वभावदोषहरुको बढ्दो बोझ अर्को जीवनमा भोग्नु पर्दछ ।

स्वभावदोष-निर्मूलन द्वारा विवेकबुद्धि जागृत भई चित्त शुद्ध गर्ने प्रक्रिया : साधनामा चित्तशुद्धि महत्त्व छ । ‘मन संकल्प वा विकल्प गर्दछ वा बुद्धिलाई निर्णय लिन पठाई दिन्छ । बुद्धिसँग विवेक छैन भने त्यो (विकल्प) त्यहि प्रकार पुनः चित्तमा प्रवेश गर्दछ । पहिला जसरी चित्त अशुद्ध हुन्थ्यो, त्यो त्यस्तै नै रहन्छ । बुद्धिमा विवेक जागृत भयो भने विवेकको आधारमा चित्त नराम्रो विचारहरुलाई प्रवेश गर्न दिदैन वा दैवी विचारहरुलाई प्राथमिकता दिन्छ । यस प्रकार दैवी विचार बढेर बिस्तारै-बिस्तारै चित्त शुद्ध हुन्छ ।’ – प.पू. परशराम माधव पांडे, सनातन आश्रम, देवद, पनवेल.

स्वभावदोष अधिक भएमा आकलनशक्ति वा विचारप्रक्रियामा प्रतिकूल परिणाम हुनेछ । स्वभावदोष अधिक छ, भने त्यसको प्रभाव व्यक्तको आकलनशक्तिमा पर्छ । मनको विचारप्रक्रियामा स्वभावदोषको प्रतिकूल परिणाम हुन्छ । जीवनको घटनाहरुको सम्बन्धमा विचारधाराहरु जति स्वभावदोषको अधीन हुन्छ त्यति नै व्यक्ति अनुचित निष्कर्षतर्फ बढ्छ । यसबाट स्पष्ट हुन्छ कि स्वभावदोष-निर्मूलन केवल अनुचित आचरण रोक्न मात्र होइन, तर यो आकलन र उचित विचारधाराको लागि पनि महत्त्वपूर्ण छ ।


प्रतिक्रिया :

नयाँ