लक्ष्मी बैंकको सुबिधा थप : बसको टिकटको भुक्तानी क्यूआरबाट
प्रकाशित २०७७ माघ ४ आइतबार
955
Shares
काठमाडौं। लक्ष्मी बैंक लोहत्से बहुउदेश्यीय प्रालिसंगको सहकार्यमा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने थप सुबिधा ल्याएको छ। अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाई मनि-वालेटबाट क्यूआर स्क्यान गरि फोनपे नेटवर्क अर्न्तगत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।
क्यूआरद्धारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाडौंको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध हुनेछ। क्यूआर भुक्तानीले ग्राहकहरुलाई छिटो एवं छरितो रुपले भुक्तानी गर्न सक्ने बिश्वास बैंकले लिएको छ।
क्यूआर भुक्तानीलाई लक्ष्मी बैंकले विगतमा अस्पताल, शपिङ्गमल, इन्टरनेट सेवा प्रदायक लगायत विभिन्न साना-ठूला ब्यापारिक संस्थाहरुमा संचालन गदै आएको बताएको छ।