arrow

फुटपाथमा सुतेकालाई ट्रकले किच्दा १३ को मृत्यु, सात गम्भीर

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
road-accident--rajasthan.jpg

काठमाडौं । भारतको गुजरातस्थित सुरतमा ट्रकले किचेर १३ जनाको ज्यान लिएको छ । कासांबामा भएको घटनामा ट्रकले फुटपाथमा सुतेका २० जनालाई किचेकामा १३ जनाको ज्यान गएको हो । 

ज्यान गुमाउनेहरु सबै राजस्थानको बांसबाडा जिल्लाको कुशलगढका रहने मजदूर भएको प्रहरीले बताएको छ । यो घटना सोमबार राति किम–मान्डवी सडकखण्डको पालोडगाम नजिकै भएको थियो । 

१२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो । ७ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । चालक र क्लिनरलाई गिरफ्तार गरिएको प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार उखु लोड गरिएको ट्रयाक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ