arrow

भगवान शिवको पूजामा यसकारण लगाइन्छ भस्म

logo
एसएसआरएफ,
प्रकाशित २०७७ माघ ९ शुक्रबार
bhasma-dharan.jpg

काठमाडौं ।  यज्ञमा अर्पित समिधा एवं घ्यूको आहुति जलिसकेपछि शेष बचेको पवित्र रक्षालाई ‘भस्म’ भनिन्छ । भस्मको विभूति एवं राख, यी नामहरुले पनि जानिन्छ । देवीलाई कुमकुमार्चन, श्री गणेशलाई दूर्वार्चन गरे झै भगवान शिवलाई भस्मार्चन गरिन्छ । भस्मार्चन अर्थात शिवजीको नामजप गर्दै या शिवजीको एक-एक नाम उच्चारण गर्दै शिवपण्डिमा भस्म अर्पण गर्ने । भस्मार्चन पछि शिवतत्त्वले भारित भस्म उपयोगमा ल्याउदछ । शिव पूजामा भस्मधारणको महत्त्व छ । भस्मधारण नगरि शिवपूजा आरम्भ गरिर्दैन ।

भस्मधारण हेतु गोमय द्रव्य (गोबर) अग्निमा हालेर सिद्ध गरिएको भस्म सन्तद्वारा गरिएको यज्ञबाट प्राप्त भस्म अग्निहोत्रि ब्राह्मणको अग्निकुण्डको भस्म प्राचीन यज्ञस्थलको माटो एवं चिताभस्म अर्थात मृतलाई मन्त्राग्नि दिएर दाहसंस्कारबाट निर्मित रक्षा यसमा प्रयोग गरिन्छ । शिवजीलाई चिताभस्म अधिक प्रिय हुन्छ; तर सर्वसामान्य व्यक्तिलाई चिताभस्म सहन हुँदैन । त्यसैले गाईको गोबरबाट उपयोग गरि बनाएको भस्म नै अधिकतर उपयोग गरिन्छ ।

 
भस्म बनाउनको लागि लोकल गाईको गोबर धर्तीमा झर्नु भन्दा पहिला नै जम्मा गरिन्छ । जुन स्थानमा भस्म बनाउने हो, त्यो स्थानलाई गोबरले लिपिन्छ । गौमूत्र अथवा विभूतिको जल छर्किएर स्थान शुद्ध गरिन्छ एवं त्यो स्थानको चारैतर्फ रंगोली बनाइन्छ । तदुपरांत त्यस स्थानमा कुनै फराकिलो पात्रमा गुइठा  राखिन्छ । त्यसमा लोकल गाईको घ्यू राखेर कर्पूर राखिन्छ । कुलदेवता, इष्टदेवता एवं गुरुलाई प्रार्थना गरि तत्पश्चात गुइठामा राखेको कर्पूर प्रज्वलित गर्दछ । विधि पूर्ण हुने बेलासम्म कुलदेवता अथवा इष्टदेवताको नामजप गरिन्छ । भस्म तयार भएपछि त्यसलाई एउटा भाडामा भरिन्छ । त्यस पात्रलाई दाहिने हातले स्पर्श गरि भावपूर्ण रूपमा दस पटक ‘ॐ नमः शिवाय ।’ नामजप गर्दछन् । यस्तो गर्नाले भस्म अभिमन्त्रित हुन्छ । भस्म अभिमन्त्रित गर्नुको अर्थ हो, भस्ममा देवताको चैतन्य ल्याउनु । अभिमन्त्रित भस्मको उपयोग अधिक लाभदायक सिद्ध हुन्छ ।

भस्मधारण मंत्रोच्चारसहित गर्नुपर्छ; तर यदि मन्त्रको ज्ञान छैन भने भक्तिभावले मनमनै ‘ॐ नमः शिवाय ।’ यो मन्त्रको जप गर्दै भस्म लगाउनुहोस् । यसको महिमा अपरम्पार छ । ‘भस्मधारणको विधि आगाडि बताएको अनुसार गर्नुहोस् । सर्वप्रथम आचमन एवं प्राणायाम गर्नुहोस् । काँधमा धारण गर्नु भएको उपरना निकालेर खुट्टामा राख्नुहोस् । बायाँ हतमा थोरै भस्म लिएर त्यसलाई पानीले गीलो बनाउनुहोस् । तत्पश्चात दाहिने हातको बीचको तीन औंलाहरुले भस्मलाई निधारमा समान्तर लगाउनुहोस् । त्यसपछि कण्ठ अर्थात घाँटीमा, त्यसपछि हृदयमा भस्म लगाउनुहोस् । पुनः एक पटक दाहिने हातको बीचको तीन औंलाहरुमा भस्म लगाएर त्यही औंलाहरुले बायाँ हातको बीचको तीन औंलाहरुमा भस्म लगाउनुहोस् । तत्पश्चात पहिला बायाँ हातको बीच तीन औंलाहरुले दाहिने पाखुरा र दाहिने हातको बीच तीन औंलाहरुले बायाँ पाखुरामा भस्म लगाउनुहोस् । पश्चात यस प्रकार दुबै कुहिना तथा नाडीमा भस्म लगाउनुहोस् । त्यसपछि दाहिने हातको औंलाहरुले नाईटो माथि भस्म लगाउनुहोस् । अन्तमा दुबै खुट्टाहरुमा भस्म लगाउनुहोस् । भस्मधारण विधि सम्पन्न नभएसम्म मनमनै ‘ॐ नमः शिवाय ।’ नामजप जारी राख्नुहोस् । भस्मधारण गरेपछि हात जलले धुनुहोस् एवं उपरना पुनः काँधमा राख्नुहोस् । अंततः पुनः एक पटक आचमन तथा प्राणायाम गरि विधि पूर्ण गर्नुहोस् ।

 भस्मधारण गर्ने कृत्यले भस्म धारण गर्ने व्यक्तितर्फ ब्रह्माण्डबाट शिवतत्त्मात्मक प्रवाह आकृष्ट हुन्छ । साथै चैतन्यको प्रवाह पनि आकृष्ट हुन्छ । जुन उनको देहमा स्थित कुण्डलीनी चक्रहरुमा चैतन्य जागृत गर्दछ । आज्ञाचक्रपरमा भस्म लगाउनाले अप्रकट शक्तिको वलय निर्मित हुन्छ एवं व्यक्तिलाई केहि मात्रामा ज्ञानशक्ति प्राप्त हुन्छ । विशुद्धचक्रपर भस्मधारण गर्नाले तारक शक्तिको वलय कार्यरत स्वरूपमा घुमिरहन्छ । यसले व्यक्तिको वाणी शुद्ध हुन्छ ।

अनाहतचक्रमा भस्म धारण गर्नाले भावको वलय निर्मित हुन्छ । यो वलयले चैतन्यको वलय निर्मित हुन्छ । मणिपूर चक्रमा भ्रस्म धारण गर्नाले चैतन्य र शक्ति निर्मित हुन्छ । यसले पेटको विकार कम हुनमा सहायता मिल्दछ । दुबै पाखुरा, कुहिना र नाडीमा भस्म धारण गर्नाले आवश्यकतानुसार शक्तिको तारक एवं मारक वलय निर्मित हुन्छ । यो शक्ति भस्म धारण गर्ने व्यक्तिलाई कार्य गर्नमा स्फूर्ति प्रदान गर्दछ ।

खुट्टाको माथिको भागमा भस्म लगाउनाले शक्तिको वलय निर्मित हुन्छ । भस्म लगाउने यो कृत्यद्वारा बायाँ काँधदेखि दाहिनेतर्फसम्म एवं दाहिने काँधबाट बायाँ खुट्टासम्म चैतन्यको प्रवाह प्रसारण हुन्छ । व्यक्तिको देहमा शक्तिको कणको प्रसारण हुन्छ । अनिष्ट शक्तिबाट रक्षा हेतु व्यक्तिको देहको चारैतर्फ सुरक्षाकवच निर्मित हुन्छ ।

शिवपूजन गर्ने समय घाँटीमा रुद्राक्षको माला अवश्य धारण गर्नुहोस् । रुद्राक्ष सुन, चाँदी, तामा अथवा ऊनको धागोमा उनेर धारण गरौ । कुनै पनि देवताको जप गर्नको लागि रुद्राक्षमालाको प्रयोग गरिन्छ । रुद्राक्षमालालाई घाँटीमा अथवा शरीरमा अन्यत्र धारण गरेर जप गर्दा, बिना रुद्राक्षमाला गरेको जप भन्दा हजार गुना अधिक लाभदायक हुन्छ । यस प्रकार अन्य कुनै मालाले जप गर्नुको तुलनामा रुद्राक्षको मालाले जप गर्दा दशहजार गुना अधिक लाभ हुन्छ ।

सामान्यतः शिवमन्दिरमा पूजा एवं साधना गर्ने श्रद्धालुगणहरु प्रत्यक्ष रुपमा शिवजीको तरङ्गहरु आफ्नो शरीरमा लिदैन्न् । किनकि ती तरङ्गहरुलाई सहन सक्ने हाम्रो क्षमता हुँदैन र त्यसले हामीलाई कष्ट हुन सक्छ । विष्णुरूपको मन्दिरमा देवताको मूर्तिको अगाडि कछुवा हुन्छ । कछुवा र देवताको मूर्तिको मध्यमा कोहि बस्दैनन् । यस प्रकार शिवजीको मन्दिरमा अर्घको स्रोतको ठीक सिधा अगाडि बस्नुको सट्टा आकृतिमा देखाए अनुसार एक तर्फ बस्नुहोस् । किनकि भगवान शिवको तरङ्गहरु अगाडिबाट निस्कदैन, तिनीहरु अर्घाको स्रोतबाट बाहिर आउँदछन् । १ देखि ७ – यहाँ बसेर साधक पूजा गर्न सक्छ । ८ – यहाँ कोहि नबस्नुहोस् ।

सन्दर्भ : सनातनको ग्रन्थ ‘शिव’

ईमेल : hjsnepal@gmail.com
Website: स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन (एस एसआरफ)



नयाँ