- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पतिको हृदयाघातका कारण मृत्यु भएपछि पीडा सहन नसकेकी पत्नीको पनि ज्यान गएको छ । विवाह बन्धनमा बाँधिँदा अग्निलाई साक्षी राखेर सात जन्मसम्म सँगसँगै रहने कसम खाने चलन छ । त्यही भूमिका निभाएको छ यो जोडीले ।
घटना हो भारतको उत्तरप्रदेशको । बागपतको फरखपुर गाउँमा यस्तै भएको छ । जहाँ पति–पत्नीले एक साथ यो दुनियाँलाई छाडेर गएका छन् । पति हृदयाघातले मरे । पत्नीले उक्त पीडा सहन सकिनन् । उनी पनि गइन् सँगसँगै ।
तर यो घटनाले सिंगो गाउँ भने रोइरहेको छ । सुनसान छ ।
५२ वर्षका जयवीरको हृदयाघातले मृत्यु भएपछि घरमा शोक छायो । जयवीरको मृत्युको केही मिनेटमै उनकी ५० वर्षकी पत्नी नरेशले पनि उनकै मार्ग पछ्याइन् ।
परिवारले दुवैको अन्तिम संस्कार एकैसाथ गरिरहेको छ । दुवै शवलाई पनि एकैपटक बोकेर घाट लगेका थिए ।