arrow

रसुवाको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम कार्यान्वयन शुरु

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
mohan-acharya-rasuwa1.jpg

रसुवा। रसुवामा चालू आर्थिक वर्ष ०७७/७८ का लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम कार्यान्वयन शुरु भएको छ । संघीय सांसद्को चार करोड रुपैयाँ जिल्लाका पाँचवटै गाउँपालिकामा बाँडफाँड गरी अहिले कार्यान्वयनको प्रक्रियामा रहेको स्थानीय तहहरूले जनाएका छन् ।

सबै स्थानीय तहमा बाँडफाँड भएका बजेटका कार्यक्रम अहिले कार्यान्वयनको चरणमा रहेको प्रतिनिधिसभा सदस्य मोहन आचार्यका स्वकीय सचिव सुनील पौडेलले बताए । ‘सबै गाउँपालिकामा बजेट गइसकेको छ, उपभोक्ता समिति गठन गरी योजना सम्झौताको चरणमा रहेको छ,’ पौडेलले भने, संसद् विघटन तथा संसद्को कार्यकाल नभएको अवस्थामा पनि बजेट विनियोजित भइसकेपछि काम गर्न सकिने कार्यविधिमा उल्लेख छ । त्यसैले अहिले संसद् विघटन भए पनि यसले कुनै प्रभाव पर्दैन, जुन तोकिएको काम पूरा हुन्छ ।’

उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गाउँपालिकालाई बजेट आइसकेको हुँदा संसद् विघटनले योजनामा बाधा नपुग्ने बताए । एउटा निर्वाचन क्षेत्र रहेको रसुवामा प्रत्यक्ष निर्वाचित सांसद आचार्यको संयोजकत्वको समितिले पाँचवटै गाउँपालिकामा ४० वटा योजना निर्माण गर्दैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ