arrow

तराईमा चिसो बढ्यो, मोरङमा कठ्याङग्रीएर एकको मृत्यु

logo
विवेक मिश्र
प्रकाशित २०७७ माघ १३ मंगलबार
Death-cold-wave.jpg

मोरङ। तराईमा केही दिन यता बढेको अत्याधिक चिसो र शितलहका कारण कठ्याङग्रिएर मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ ।

उर्लावारी नगरपालिका वडा नम्वर ३ नयाँ बजारमा मंगलवार विहान सुनसरी बराहक्षेत्र नगरपालिका राजावास-८ भएका नेप्टे शेर्पा भन्ने अन्दाजी ५५ वर्षका एक व्याक्ति मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरिक्षक उद्धव पोख्रेलले बताए ।

पोख्रेलका अनुसार हाल मृतको परिवार सम्पर्कमा आएको र शव पोष्टमार्टमका लागि मंगलवारे अस्पतालमा राखिएको बताए । 
मृतक लामो सयम देखी सो क्षेत्रमा मागि खादै स्थानीय पार्टीपौवालाई आफ्नो वासस्थान बनाउँदै आएका थिए ।

चिसोका कारण यतिवेला तराईको जनजिवन कष्टकर बन्दै गएको छ । आर्थिक अवस्था कमजोर भएका सुकुम्वासी बस्ती र सिमान्तकृत वर्गलाई हरेक वर्षको चिसोले ज्यान लिदै आएको छ ।

चिसो बढ्ने क्रम दिन प्रतिदिन उच्च रहेका कारण समयमा नै स्थानीय सरकारले उनिहरुको उद्धारमा तदारुकता नदेखाए मानवीय क्षति अझै बढ्ने निश्चित छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ