arrow

तनहूँको बन्दीपुरमा बस दुर्घटना, ६ जना घाइते, एक जनाको अवस्था गम्भीर

logo
हरि पन्त,
प्रकाशित २०७७ माघ १४ बुधबार
accident-1.jpg

पोखरा। तनहूँको बन्दीपुरमा आज (बुधबार) बिहान ८ बजे यात्रुबाहक बस दुर्घटना भएको छ । पोखराबाट बीरगञ्ज जाँदै गरेको ग१ख ५६९० नम्बरको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । 

गम्भीर घाइते पोखरा महानगरपालिका वडा नं. २६ की ५५ वर्षीया मीना गुरुङलाई उपचारका लागि पोखरा ल्याइएको छ । उनको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँका प्रमुख एवं प्रहरी नायव निरीक्षक रेशम रानाभाटका अनुसार दुर्घटनामा घाइते हुनेमा धनुषा जिल्लाका १९ वर्षका सुरज रामदास, पोखरा २६ का ५३ वर्षका टेकबहादुर गुरुङ, रोल्पाका २५ वर्षका दीपेन्द्र बुढा, बाग्लुङकी ७२ वर्षकी गयाकला नेपाली, मुस्ताङकी २७ वर्षकी छिनी हातुङ तामाङ र रौतहटका ३९ वर्षका जयराम यादव रहेका छन् । उनीहरुको तनहूँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

बस बन्दीपुर गाउँपालिकाको वडा नं. १ नहाला घुम्तीबाट पाँच मिटर तल बारीमा खसेको थियो । बसचालक प्रहरी नियन्त्रणमा रहेकोे प्रहरी नायव निरीक्षक रानाभाटले जानकारी दिए । बस तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ