arrow

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना,९ जना गम्भीर घाइते 

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ माघ १६ शुक्रबार
Bus-Accident-Hetaunda.jpg

हेटौंडा। पूर्वी मकवानपुरको छतिवनमा यात्रुवाहक बस दुर्घटना भएको छ । शुक्रबार बिहान मकवानपुरको घियाँलबाट हेटौंडा आउँदै गरेको ना ३ ख ३३४४ नंबरको बस बागमती गाउँपालिका ४ स्थित छतिवन तामाखोलामा दुर्घटनामा परेको हो ।

तीस  यात्रु सवार बस दुर्घटना  हुदा सबै यात्रु घाइते भएको प्नहरीले जनाएको छ  । दुर्घटनामा चालकसहित २२ जना सामान्य घाइते भएको र ९ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी हात्तिसुड़ेले जनाएको छ ।

सामान्य घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा उपचार भैरहेको र गम्भिर घाइतेलाई उपचारका लागि हेटौंडा पठाईएको हात्तिसुड़े प्रहरीले जनाएको छ ।बस के कारणले दुर्घटना भयो भन्ने खुलेको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ