arrow

नेविसंघले निजगढमा गर्‍यो शहीदको प्रतिमामा माल्यार्पण 

logo
प्रकाशित २०७७ माघ १६ शुक्रबार
sahid-diwas-nijgadh.jpg

निजगढ । शहीद दिवशको अवशरमा नेपाल विद्यार्थी संघ गौरीशंकर क्याम्पस निजगढले शहिद हिरालाल गौतमको प्रतिमामा माल्यार्पण गरेको छ । नेविसंघ गौरीशंकर क्याम्पसले निजगढको शहिद हिरालाल पार्कमा रहेको जनआन्दोलन २०६२/६३ का क्रममा शहादत प्राप्त शहिद हिरालाल गौतमको प्रतिमामा माल्यार्पण गरेको हो । 

कार्यक्रममा निजगढका मेयर सुरेश कुमार खनालले शहीदहरुको बलिदानीबाट प्राप्त उपलब्धिलाई व्यवस्थित र दिर्घकालिन बनाउनुपर्ने कुरामा जोड दिए। मेयर खनालले शहिदको सपना साकार पार्न कुनैपनि शक्तिको दबाबसामु झुक्न नहुने कुरामा जोड दिए । शहिदको बलिदानीले नै जनतालाई अधिकार प्राप्त भएको उनले बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पेमासिद्धि लामाले जहाँनिया शासनमा मात्रै निहित रहेको शासकिय शक्ति जनताले प्राप्त गर्न शहिदको ठूलो योगदान रहेको बताए । यसैगरी नेपाली कांग्रेस निजगढका सभापति महेशी कुमरले मुलुकले अहिले प्राप्त गरेको उपलब्धि र राजनैतिक व्यवस्था शहीदहरुको चाहना र योगदानले प्राप्त भएको भन्दै शहीदहरुलाई वार्षिक रुपमा मात्र सम्झिएर शहीदहरुको सपना पुरा नहुने जिकिर गर्नुभयो । 

शहिद हिरालाल गौतम जनआन्दोलनको क्रममा २०६३ वैशाख ४ गते नेपालीा सेनाको गोली लागि शहिद भएका थिए । नेपाल विद्यार्थी संंघ गौरीशंकर क्याम्पस निजगढका संयोजक नवराज चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बारा क्षेत्र नम्बर १ का सदस्य पदम बहादुर भण्डारी,नेपाली कांग्रेस निजगढका सचिव आशिष तामाङ,सहसचिव बुद्धि शाही,नेपाल सांस्कृतिक संघ बाराका सभापति भाईकाजी श्रेष्ठ,नेविसंघ नेपाल कमर्श क्याम्पसका अध्यक्ष विष्णु खड्का लगायत नेपाली कांग्रेस र बिभिन्न भात्रृ संस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ