arrow

एघार शहीद परिवारलाई मन्त्रालयले दियो करारमा रोजगारी

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ २० मंगलबार
madhesh-andolan-sahid.JPG

जनकपुरधाम । मधेस आन्दोलनमा शहीद भएकाको परिवारहरूलाई भौतिक मन्त्रालयले रोजगारी उपलब्ध गराएको छ । एक रोजगार उपलब्ध गराउने क्रममा  मङ्गलवार प्रदेश नम्बर दुईको भौतिक पूर्वाधार मन्त्रालयले मधेस आन्दोलनका शहीद मध्ये एघार परिवारलाई रोजगारी उपलब्ध गराएको हो । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार विभिन्न निकायमा एघार जना शहीद परिवारलाई रोजगारी दिएको छ।

मधेस आन्दोलनमा शहीद भएकाहरूको परिवारलाई रोजगारी उपलब्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता अनुसार उनीहरूलाई करारमा जागिर दिइएको हो । मन्त्रालयका सचिव राम आधार साहले शहीद परिवारलाई नियुक्त पत्र दिएका छन् ।

मन्त्री जितेन्द्र सोनलले थप शहीद परिवारलाई स्थायी रूपमा जागिरको व्यवस्थापनका लागि पहल गरिरहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ