arrow

उर्लाबारीमा 'सोहराय' पर्वको रौनक

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
soraha-parba.JPG

उर्लाबारी । मोरङको उर्लाबारीमा आदिवासी सन्थाल समुदाय आफ्नो महान् पर्व ‘सोहराय’ पर्वको समापनको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम  सम्पन्न गरिएको छ  । उर्लाबारी -८ स्थित एभरेस्ट फन पार्कमा आयोजित कार्यक्रममा सन्थाल समुदायको नृत्य तथा रहनसहन प्रस्तुत गरिएको थियो ।  ६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ । आदिवासी सन्थाल समुदायको बसोबास रहेको गाउँघरमा यतिखेर सोहराय पर्वको रमझम थियो  ।  के युवा के वृद्ध, सबै सोहरायको रमाई रहेको देखिए ।

पृथक् सनातन ‘विदिन धर्म’ मान्ने सन्थाल समुदायले पारम्परिक सांस्कृतिक विधिअनुसार ‘गड’ पूजा गरी यो पर्व मनाउन सुरु गर्छन् । प्रत्येक  ६ दिनसम्म मनाइने यो पर्वको प्रत्येक दिनको बेग्लाबेग्लै महत्त्व हुने गरेको सन्थाल समाज उर्लाबारीका अध्यक्ष तथा माझीहडम (गाउँले प्रमुख) शिव किस्कुले बताए ।

प्रत्येक वर्ष यसरी नै ६ दिनसम्म यो पर्व हामीले मनाउँदै आएका छौँ,’ उनले भने, ‘सबै दिनका आ–आफ्नै महत्त्व छन् ।’युवा पुस्ता बिदेसिने थाले, हाम्रो भाषा संस्कृति लोप हुँदै गयो, त्यही भएर यसलाई बचाउन सबै मिलेर लागेका छौँ,’ किस्कुले भने ।

सन्थाल समुदायको विभिन्न रीति रिवाज र संस्कृति जर्गेनाका लागि महिलाहरू अग्रसर भएका छन् । पुराना पुस्ताले समाल्दै आएको संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्ने उनीहरू सक्रिय भएका हुन् । ‘आफ्नो रीति जोगाउन पर्‍यो नि,’ मोरङ उर्लाबारीका बुद्धिलाल सोरेनले भने । प्रकृति पुजकका रूपमा लिइने सन्थाल समुदायको संस्कृति जोगाउन सरकारले ध्यान नदिएको उनले गुनासो गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ