arrow

केशबलाल-श्रीराम प्रतिष्ठानद्वारा एक करोड राशीको अक्षय कोष घोषणा

एक सय जनाको मिर्गौला परीक्षण

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
Shreeram-shrestha-memorial.jpg

काठमाडौं। केशबलाल-श्रीराम प्रतिष्ठान तथा स्वास्थ्य अभियान नेपालले स्वर्गीय श्रीराम श्रेष्ठको प्रथम स्मृति दिवसका अवसरमा निःशुल्क मिर्गौला शिविरको आयोजना गरेको छ । 

प्रतिष्ठानले मंगलबार बागबजारस्थित शहीद शुक्रराज माविमा मिर्गौला शिविरको आयोजना गरेको हो । सो शिविरमा एक सय जना भन्दा बढी व्यक्तिले मिर्गौला जाँच गराएका छन् । 

सो क्रममा प्रतिष्ठानले १ करोड राशीको अक्षय कोषको समेत घोषणा गरेको छ । स्वर्गीय श्रीराम श्रेष्ठकी बहिनी नविना श्रेष्ठले विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यसहित कोषको स्थापना गरिएको बताइन । 

कोषमा राखिने रकमबाट प्राप्त व्याज बालबालिका, बृद्धबृद्धा, तथा पिछडिएका महिला वर्गको उत्थान तथा स्वास्थ्यसँग सम्बन्धित काममा खर्च गरिने श्रेष्ठले जानकारी दिइन् ।

सो क्रममा स्वास्थ्य अभियान नेपालका संयोजक डा पुकार श्रेष्ठले ९० प्रतिशत मिर्गौलाका रोगीले पूर्व लक्षण बिना नै एकै पटक आफू मिर्गौला रोगी भएको जानकारी पाउने गरेकाले हरेक व्यक्तिले वर्षमा एक पटक मिर्गौला जाँच गर्नु पर्ने बताए । उनले व्यक्तिलाई आफ्नो मिर्गौलाको अवस्था बारेसमेत सचेत गराउने उद्देश्यले समेत कार्यक्रमको आयोजना गरिएको बताए । 

कार्यक्रममा स्वर्गीय श्रेष्ठले सामाजिक तथा राजनीतिक रूपमा समाजमा पुर्‍याएको योगदानको कांग्रेस सांसद भीमसेनदास प्रधान, नेता तीर्थराम डंगोल, लोकेश ढकाल, रवीचरण श्रेष्ठ लगायतले चर्चा गरेका थिए । 

केशबलाल श्रेष्ठको २०३० पुसमा निधन भएको थियो भने श्रीराम श्रेष्ठको गत वर्ष माघ २० गते निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ